ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत, बाँकी समाधिस्थ गर्ने तयारी


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   १२ : ०५   बजे

 

काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १०२ जनाको शव पोखरा लगिए पनि हालसम्म १६ जनाको मात्रै सनाखत भएको छ।

पोखरा ल्याइएका पहिचान हुन नसकेका बाँकी शवको व्यवस्थापनका लागि स्थानीय प्रशासनले प्रक्रिया अघि बढाएको छ। पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा ती शवलाई समाधिस्थ गर्ने तयारी गरिएको हो।

शव व्यवस्थापनका लागि उक्त स्थानमा अहिले तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने काम भइरहेको बताइएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गराएको थियो। बाढीको भेलले शवहरू लामो दूरीसम्म बगाएर ल्याएकाले कतिपय शवको पहिचान गर्न कठिन भएको छ।

पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने प्रयास भइरहे पनि शवको अवस्था बिग्रँदै गएपछि व्यवस्थापनमा चुनौती थपिएको छ।

स्थानीय प्रशासनले पहिचान हुन नसकेका मृतकका आफन्तबाट विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाउँदै आएको जनाएको छ। डीएनए परीक्षणलगायतका माध्यमबाट मृतकको पहिचान गर्ने प्रयाससमेत भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मदन भण्डारी राजमार्ग सञ्चालनमा

भोटेकोसी बाढीपछि कर्णालीका १९४ जना अझै सम्पर्कविहीन

कर्णाली सरकारले भोटेकोसी बाढीपीडितका लागि २ करोड दिने

सडक निर्माणको सास्ती : एक घण्टाको बाटो पार गर्न आठ दिनसम्म

नुवाकोटको मिनिमार्टभित्र २४ शव फेला

बागलुङ कालिका भगवती गुठीले बाढीपीडितका लागि साढे ५ लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu