ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपछि कर्णालीका १९४ जना अझै सम्पर्कविहीन


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   २ : ५५   बजे

सुर्खेत । रसुवाको भोटेकोसी–त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीपछि कर्णाली प्रदेशबाट सम्पर्कविहीन भएका २७० जनामध्ये ७५ जना आफन्तको सम्पर्कमा आएका छन् । एकजनाको शव फेला परेको छ भने अझै १९४ जनाको अवस्था अज्ञात रहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले मंगलबारसम्म संकलन गरेको विवरणअनुसार बाढीपछि रसुवा पुगेका तथा सम्पर्कविहीन भएका २७० जनामा २२९ पुरुष, ३३ महिला, पाँच बालक र तीन बालिका रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार जिल्लागत रूपमा सबैभन्दा धेरै जुम्लाका ११३ जना सम्पर्कविहीन भएका छन् । सल्यानका ५९, सुर्खेतका २०, रुकुम पश्चिमका १९, मुगुका १९, जाजरकोटका ११, हुम्लाका १२, दैलेखका सात, कालीकोटका छ र डोल्पाका चारजना सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांक छ ।

सम्पर्कविहीनमध्ये ६९ पुरुष, पाँच महिला र एक बालक गरी ७५ जना आफन्तको सम्पर्कमा आइसकेका छन् । सल्यानका एक पुरुषको भने शव फेला परेको प्रवक्ता राठौरले जानकारी दिए ।

अझै सम्पर्कमा आउन बाँकी १९४ जनामा १५९ पुरुष, २८ महिला, चार बालक र तीन बालिका छन् । ठूलो संख्यामा कर्णालीका नागरिक सम्पर्कविहीन भएपछि आफन्तहरू निरन्तर खोजी तथा सम्पर्कको प्रयासमा छन् ।

प्रहरीले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण अद्यावधिक गर्दै बाँकी सम्पर्कविहीनको अवस्था पत्ता लगाउन खोजी तथा पहिचानको काम जारी राखेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित रसुवामा दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली पठाउँदै, नौ नागरिकको खोजीलाई प्राथमिकता

भोटेकोसी बाढी : राहत, उद्धार र पुनर्निर्माणमा विशेष ध्यान दिन राष्ट्रियसभाको आग्रह

सम्बन्धित

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मदन भण्डारी राजमार्ग सञ्चालनमा

भोटेकोशी बाढीका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत, बाँकी समाधिस्थ गर्ने तयारी

कर्णाली सरकारले भोटेकोसी बाढीपीडितका लागि २ करोड दिने

सडक निर्माणको सास्ती : एक घण्टाको बाटो पार गर्न आठ दिनसम्म

नुवाकोटको मिनिमार्टभित्र २४ शव फेला

बागलुङ कालिका भगवती गुठीले बाढीपीडितका लागि साढे ५ लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu