ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा, नुवाकोट र धादिङमा बाढीपछि २५० विद्यार्थी र १६ शिक्षक सम्पर्कविहीन


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : २६   बजे

काठमाडौं  । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका २५० विद्यार्थी तथा १६ शिक्षक बेपत्ता भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २३३ विद्यार्थी सम्पर्कविहीन छन् भने १७ जना विद्यार्थीलाई बाढीले बगाएको पुष्टिभएको छ। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले बेपत्ता तथा प्रभावित विद्यार्थी र शिक्षकको संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

निलकण्ठ माविमा सबैभन्दा ठूलो क्षति

मन्त्रालयको तथ्यांकअनुसार रसुवाको निलकण्ठ माध्यमिक विद्यालयमा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ। उक्त विद्यालयका २०० विद्यार्थी र चार शिक्षक अझै सम्पर्कविहीन छन्।

रसुवाकै कोमीस्यामे वाङ्फेल माध्यमिक विद्यालयका १६ विद्यार्थीलाई बाढीले बगाएको पुष्टि भएको छ। सोही विद्यालयका एक शिक्षकसमेत बाढीमा परी बेपत्ता भएका छन्।

यस्तै, रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका छ शिक्षक तथा चिप्लेटी आधारभूत विद्यालयका चार विद्यार्थी सम्पर्कविहीन छन्।

नव विजय माध्यमिक विद्यालयका दुई शिक्षक पनि बाढीपछि सम्पर्कमा आएका छैनन्। हाइल्याण्ड सेकेण्डरी स्कुलका छ विद्यार्थी र गोसाईंकुण्ड अंग्रेजी बोर्डिङ स्कुलका नौ विद्यार्थी समेत बेपत्ता रहेको मन्त्रालयले जनाएको छ।

नुवाकोट र धादिङमा पनि विद्यार्थी–शिक्षक बेपत्ता

नुवाकोटको चण्डेश्वरी माध्यमिक विद्यालयका १२ विद्यार्थी सम्पर्कविहीन छन्। सोही विद्यालयका एक विद्यार्थीलाई बाढीले बगाएको पुष्टि भएको छ।

धादिङका देउराली माध्यमिक विद्यालय, पाल्पा सामरी भञ्ज्याङ माध्यमिक विद्यालय र पशुपति माध्यमिक विद्यालयका एक–एक शिक्षक बेपत्ता भएका छन्।

धादिङकै न्यू किबो बोर्डिङ स्कुलका एक विद्यार्थी पनि बाढीपछि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।

शैक्षिक अवस्थाबारे अध्ययन गर्न तीन टोली

बाढीबाट सबैभन्दा बढी प्रभावित तीन जिल्लाको शैक्षिक अवस्थाबारे स्थलगत अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार छुट्टाछुट्टै टोली रसुवा, नुवाकोट र धादिङ पठाउने भएको छ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार प्रत्येक टोलीले सम्बन्धित जिल्लाको विद्यालय, विद्यार्थी, शिक्षक तथा शैक्षिक पूर्वाधारमा भएको क्षतिको अध्ययन गर्नेछ।

टोलीले करिब एक साताभित्र समग्र शैक्षिक अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ।

त्यसपछि प्राप्त प्रतिवेदनका आधारमा बाढीबाट प्रभावित विद्यालय, शिक्षक र विद्यार्थीको पुनःस्थापना तथा क्षतिग्रस्त शैक्षिक पूर्वाधारको पुनर्निर्माण योजना तयार गरिने भट्टराईले बताए।

बाढीका कारण विद्यालय भवन, शैक्षिक सामग्री तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेकाले नियमित पठनपाठन सञ्चालनमा चुनौती देखिएको छ। मन्त्रालयले तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा पुनःस्थापित गर्ने योजनासमेत अघि बढाउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

बालबालिकालाई बचाएर सुरक्षित पठाउने प्रधानाध्यापक आफैं बेपत्ता

आँखैअगाडि १० मिनेटमा विद्यालय ढल्यो, प्रधानाध्यापकको भावुक भनाइ– ‘अब भविष्य जोगाउने बेला’

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

रसुवाको बाढीमा ज्यान गुमाएका २१ वर्षीय आयुषको देवघाटमा अन्त्येष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu