ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमामा पहिरोपछि चीनले दैनिक जल तथा वातावरणीय तथ्यांक दिएको दूतावासको दाबी


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ९ : २५   बजे

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले सीमावर्ती क्षेत्रमा पहिरो तथा बाढीको अवस्था देखिएपछि चीनले नेपाललाई दैनिक रूपमा जल तथा वातावरणीय तथ्यांक उपलब्ध गराउँदै आएको दाबी गरेको छ।

चीन मौसमी तथा जलसम्बन्धी तथ्यांकमा अपारदर्शी रहेको भन्दै आलोचना भइरहेका बेला चिनियाँ दूतावासले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।

नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा कठिन प्राविधिक चुनौतीका बाबजुद चीनले निरन्तर रूपमा वातावरणीय तथा जलसम्बन्धी तथ्यांक नेपालसँग साझा गर्दै आएको उल्लेख छ।

तथ्यांक लुकाइएको वा सूचना प्रवाहमा अपारदर्शिता अपनाइएको भन्ने आरोप ‘तथ्यहीन’ भएको दूतावासको दाबी छ। यस्ता आरोपले नेपाल र चीनबीच भइरहेको संयुक्त विपद् राहत तथा उद्धार प्रयासमा समेत नकारात्मक असर पार्न सक्ने प्रवक्ताले बताएका छन्।

दूतावासले मानवीय सहायताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै विपद्बाट प्रभावित समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणमा आवश्यक सहयोग जारी राख्ने जनाएको छ।

प्रवक्ताका अनुसार प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन नेपालसँगको समन्वयमा संयुक्त राहत कार्य तथा आवश्यक प्राविधिक सहयोगलाई निरन्तरता दिइनेछ।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा बाढी, पहिरो तथा जलजन्य विपद्का घटना बढेसँगै सीमापारबाट आउने जलप्रवाह र मौसमसम्बन्धी पूर्वसूचनाका लागि चीनबाट प्राप्त हुने तथ्यांकको विश्वसनीयता र समयमै सूचना आदानप्रदानको विषयमा समेत बहस भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

रवि लामिछाने र चिनियाँ राजदूत माओ मिङबीच भेटवार्ता

भोटेकोसी बाढीमा सम्पर्कविहीन जापानी नागरिकको खोजीमा जापानको उच्च तहमा चासो

डीएनए विज्ञ र राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान काठमाडौंमा

रसुवा बाढीमा पहिचान हुन नसकेका शवको डीएनए परीक्षणमा चीनले सघाउने

चीनमा उद्धारसँगै सडक खुलाइँदै, नेपालमा उद्धारकै लागि बाटो खोज्दै : विपद् व्यवस्थापनमा देखिएको ठूलो अन्तर

रसुवा बाढीमा ३८ देशका विदेशी नागरिक प्रभावित, अवस्थाबारे विवरण संकलन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu