ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ६८ पुग्यो, ४ हजार ६०६ अझै बेपत्ता


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ५५   बजे

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढीमा परी अझै ४ हजार ६०६ जना सम्पर्कविहीन रहेको प्रहरीको पछिल्लो विवरण छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० वटा आंशिक अंगसहितका शव रहेका छन्।

प्रहरीका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ।

३ हजार ४५३ जना होल्डिङ सेन्टरमा

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएका व्यक्तिमध्ये ३ हजार ४५३ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

होल्डिङ सेन्टरमा रहेका व्यक्तिमध्ये नुवाकोटमा २ हजार ४६६, रसुवामा ३९८, धादिङमा २६० र काठमाडौंमा ३२९ जना रहेका छन्।

उद्धार गरिएकामध्ये ३ हजार २१४ पुरुष, १ हजार ५३० महिला र पहिचान नखुलेका १४ जना रहेको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, आफन्तसँग सम्पर्क गराउने तथा आवश्यक राहत उपलब्ध गराउने कार्य भइरहेको प्रहरीको भनाइ छ।

५८ शव परिवारलाई बुझाइयो

बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि भइरहेको छ।

प्रहरीका अनुसार हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ। अन्य शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम जारी छ।

४ हजार ६०६ जना अझै सम्पर्कविहीन

प्रहरीको विवरणअनुसार सम्पर्कविहीन रहेका ४ हजार ६०६ जनामध्ये २ हजार ३१५ स्वदेशी पुरुष, ३६८ स्वदेशी महिला, २५१ विदेशी पुरुष र ३३० विदेशी महिला रहेका छन्।

त्यस्तै, अन्य दुई जना र फोनमार्फत टिपाइएको विवरणका आधारमा १ हजार ३४० जना समेत सम्पर्कविहीनको सूचीमा छन्।

यससँगै बाढीपछिको मानवीय संकट अझै गम्भीर रहेको देखिएको छ। हजारौँ मानिस सम्पर्कविहीन रहनुका साथै ठूलो संख्यामा शव फेला पर्ने क्रम जारी रहेकाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको छ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय तहका टोलीहरू प्रभावित क्षेत्रमा खोजी तथा उद्धारमा परिचालित छन्। विशेषगरी नदी किनार, पहिरोले पुरिएका संरचना तथा मानिस फसेको आशंका गरिएका स्थानमा खोजी केन्द्रित गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव

रसुवा बाढीका पहिचान नखुलेका ८५ शव गोकर्णेश्वरको जंगलमा पुरियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव

रसुवा बाढीका पहिचान नखुलेका ८५ शव गोकर्णेश्वरको जंगलमा पुरियो

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको बिदाइ : आँसुबाट विश्वविजेतासम्मको अविस्मरणीय यात्रा

इनिशा विक मृत्यु प्रकरण : तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

भोटेकोशी बाढीमा ७ खर्बको भौतिक क्षति, पुनर्निर्माणमा पनि उस्तै चुनौती

नेपाली रुपैयाँ थप बलियो, अधिकांश विदेशी मुद्राको भाउ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu