काठमाडौं । नेपालको पहिलो खेल पूर्वानुमान एप ‘खेलरो’ले आफ्नो पहिलो गेमविकका विजेता घोषणा गरेको छ। प्रिमियर लिग प्रेडिक्सन तालिकामा ५४ अंक जोड्दै किसन कोइरालाले गेमविक–२ को उपाधि जितेका हुन्। कोइरालाले सह–भविष्यवाणीकर्ता कक्र्युरी महर्जनसँग शीर्ष स्थान साझा गरेका थिए। दुवैले यस गेमविकमा समान ५४–५४ अंक हासिल गरेका थिए। गेमविक–२ का विजेता कोइरालाले बुद्ध एयरको तर्फबाट माउन्टेन फ्लाइट, केटीएम सिटीको तर्फबाट तीन हजार रुपैयाँ बराबरको सपिङ भौचर र क्यूएफएक्स सिनेमाजको तर्फबाट दुई वटा चलचित्र टिकटलगायतका पुरस्कार प्राप्त गरेका छन्। ‘खेलरो’ले सिजनभर सञ्चालन गर्ने यो प्रतियोगिताको ग्रान्ड पुरस्कार भने विद्युतीय स्कुटर रहेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्