ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाका बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेद्वारा ५२ हजार सहयोग


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १० : ३५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले ५२ हजार रुपैयाँ सहयोग गर्ने भएका छन्। घिमिरेले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। रसुवागढी भन्सार क्षेत्र तथा भोटेकोसी नदी आसपासमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उनले व्यक्तिगत रूपमा सहयोग गरेका हुन्। तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीका कारण भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै कतिपय परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणको काम जारी छ। वडा अध्यक्ष घिमिरेले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। उनले आफूले सक्ने सहयोगस्वरूप उद्धार तथा राहतका लागि ५२ हजार रुपैयाँ उपलब्ध गराएको बताए। उनले विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सरकार र सम्बन्धित निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए। साथै, आम नागरिकले पनि सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ। घिमिरेले यसअघि पनि विभिन्न विपद्का समयमा व्यक्तिगत रूपमा सहयोग गर्दै आएका छन्। उनले कोभिड–१९ महामारीका समयमा प्रभावित नागरिकलाई सहयोग गर्नुका साथै २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि प्रभावित परिवारलाई व्यक्तिगत सहयोग गरेको बताइएको छ। रसुवामा बाढी आएपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्थानीय तह, संघसंस्था र व्यक्तिहरूले आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्। प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

सम्बन्धित

३२ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

रसुवा बाढीका बेपत्ता आफन्तको डीएनए परीक्षणका लागि रगत सङ्कलन सुरु

वाग्मतीका मुख्यमन्त्री किरण थापा मगरलाई काम गर्न रोक लगाउने माग अदालतद्वारा अस्वीकार

नुवाकोटको मिनिमार्टभित्र २४ शव फेला

बाढी–पहिरोका कारण उपत्यका आसपासका मुख्य सडक अवरुद्ध

पृथ्वी राजमार्ग बन्द भएपछि बीपी राजमार्गमा सवारी चाप बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu