जलवायु न्यायका अभियन्ता तथा वातावरणविद् अटलदेव ढकाल ‘ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६’ का पहिलो विजेता बनेका छन्। नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका किशोर परिवर्तनकर्ताबीच भएको क्षेत्रीय महाफाइनलमा ढकाललाई विजेता घोषणा गरिएको हो। जलवायु वित्त, वातावरणीय न्याय, पहाडी तथा हिमाली समुदायको संरक्षण र युवा सहभागिताका क्षेत्रमा पुर्याएको योगदानका आधारमा ढकाललाई उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ। ढकालले युवा तथा विश्वविद्यालयका वातावरण समूहलाई जलवायु नीति र अभियानसँग जोड्दै आएका छन्। उनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा युवा सहभागिता बढाउन विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। ललितपुरस्थित द प्लाजामा सेप्टेम्बर १ मा सम्पन्न महाफाइनलमा पाँच देशका राष्ट्रिय विजेताको सहभागिता थियो। कार्यक्रमले दक्षिण एसियालीस्तरमा युवा नेतृत्व र सामाजिक प्रभावलाई एउटै मञ्चमा जोड्ने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्