काठमाडौं । नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र गिनी–बिसाउका स्थायी प्रतिनिधि साम्बा सानेले मंगलबार कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् । यससँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८४ पुगेको छ । सम्झौतामा हस्ताक्षरपछि दुवै देशका राजदूतले आपसी हितका विषयमा छलफल गर्दै संयुक्त राष्ट्रसंघलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोग सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए । गिनी–बिसाउ पश्चिम अफ्रिकामा एटलान्टिक महासागरको तटीय क्षेत्रमा अवस्थित मुलुक हो । यसको उत्तरमा सेनेगल तथा दक्षिण र पूर्वमा गिनी पर्दछन् । गिनी–बिसाउले १० सेप्टेम्बर १९७४ मा स्वतन्त्रता प्राप्त गरेको थियो भने १७ सेप्टेम्बर १९७४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । करिब ३६ हजार १२५ वर्ग किलोमिटर क्षेत्रफल रहेको गिनी–बिसाउको जनसंख्या करिब २२ लाख छ ।
चा
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्