ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १ : १५   बजे

लेखनाथ, भदौ १७ गते । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मन्त्रिमण्डलमा हेरफेर गर्दै देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गर्नुभएको हो । गोरखा–२ बाट निर्वाचित देवकोटा नेपाली समाजवादी पार्टी (नयाँ शक्ति)का गण्डकी प्रदेश संयोजकसमेत हुनुहुन्छ । उहाँ तेस्रोपटक मन्त्री नियुक्त हुनुभएको हो । भदौ १० गते नेकपा (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिमण्डलमा हेरफेर गर्नुभएको हो । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रहनुभएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री पाण्डेसँग अझै उद्योग तथा पर्यटन र कृषि मन्त्रालयको जिम्मेवारी रहेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे २०८१ जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ५९ सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाउन ३० जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । कांग्रेसका २७ प्रदेश सभा सदस्य छन् । नेसपाका देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई प्रदेश सभा सदस्यको समर्थनसमेत सरकारलाई रहेको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाले सरकारमा जाने निर्णय गरेमा मन्त्रिमण्डलमा सहभागी गराउन आफूलाई कुनै समस्या नरहेको बताउनुभयो । मुख्यमन्त्री बनेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को समर्थनबिनै विश्वासको मत जुटाउनुभएका पाण्डेले एमाले सरकारबाट बाहिरिएपछि पुनः विश्वासको मत लिनुपर्ने विषयमा संविधानअनुसार अघि बढ्ने बताउनुभयो ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Floods: Father’s Desperate Search for Missing Son

Egyptian Tour Guide Abbas Sayed Bridges Cultures Between China and Egypt

Moderate Rainfall Expected in Bhotekoshi Flood-Affected Areas

HoR Meeting to Discuss Bhotekoshi Flood Response

Flood Insurance Claims Reach Rs. 25.87 Billion in Nepal

भारतबाट नेपालमा ११ सदस्यीय उद्धार टोली, ५.५ टन औषधि पठाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu