ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भोटेकोसी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो’ : प्रधानमन्त्री शाह


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ३५   बजे

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्को यो घडीमा सरकारले थकान वा निराशालाई कारण बनाएर विश्राम गर्ने अवस्था नरहेको बताए।

‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने।

उनले संकटको समयमा नेतृत्वले आँसु र विलापभन्दा जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए।

‘शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ प्रधानमन्त्री शाहले भने, ‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ।’

११ हजार ९९३ जनाको उद्धार

प्रधानमन्त्री शाहले बाढी तथा विपद्बाट प्रभावित ११ हजार ९९३ जनाको उद्धार गरिएको जानकारी दिए। उनका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।

उनले विपद्को कारणबारे प्रश्न उठाउँदै विज्ञहरूले यसलाई प्रभावित क्षेत्रकै ठूलो विपत्तिका रूपमा व्याख्या गरेको बताए।

‘हामीमाझ यस्तो कसरी विपद् आइलाग्यो?’ प्रधानमन्त्री शाहले प्रश्न गरे।

उनले थप जोखिम बढ्दै गएको भन्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए।

‘जोखिम बढ्दै गएको संकेत गरेको छ। जलवायु परिवर्तनपछि हामीले भोग्नुपरेको असरका बारेमा विश्व समुदायमाझ दह्रो गरी राख्नुपर्ने भएको छ,’ उनले भने।

‘आधाघण्टा अघिनै सूचना दिइएको थियो’

बाढी आउनुअघि समयमै सूचना किन प्रवाह भएन भन्ने प्रश्न उठेको स्वीकार गर्दै प्रधानमन्त्री शाहले घटना पूर्वानुमानभन्दा बाहिरको रहेको दाबी गरे।

उनका अनुसार बाढी आउनुअघि नै सूचना प्रवाहको प्रयास गरिएको थियो। सूचना दिन खटिएका सुरक्षाकर्मीसमेत बेपत्ता भएको उनले बताए।

‘यो पूर्वानुमानभन्दा बाहिरको कुरा हो। सूचना दिन खटिनुभएका सुरक्षाकर्मी नै बेपत्ता हुनुभएको छ। आधाघण्टा अघि नै सूचना दिइएको थियो,’ उनले भने।

शव व्यवस्थापनबारे भ्रममा नपर्न आग्रह

बाढीमा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनबारे पनि प्रश्न उठेको प्रधानमन्त्री शाहले बताए।

उनका अनुसार लेदोमा पुरिएका शव विभिन्न स्थानमा पुगेकाले तत्काल पहिचान गर्न कठिन भएको थियो। पहिचानका लागि डीएनए परीक्षण गरिने र नमुना मिलेपछि परिवारलाई शव जिम्मा लगाइने उनले बताए।

‘धेरैले लेदोमा ज्यान गुमाउनुभयो। शवलाई फरक–फरक ठाउँमा पुर्‍यायो। जमिनमुनि व्यवस्थापन गरेका हौँ। डीएनए मिलेपछि परिवारको जिम्मा लगाउनेछौँ। यसमा भ्रममा नपर्नुहोला,’ उनले भने।

टनेल उद्धारमा विदेशी प्राविधिक सहयोग

प्रधानमन्त्री शाहले उद्धारका लागि विदेशबाट समेत तत्काल सहयोग मागिएको जानकारी दिए। उनका अनुसार चीन र भारतबाट प्राविधिक टोलीसमेत पठाइएको थियो।

भोटेकोसी बाढीपछि टनेलभित्र फसेकाहरूको उद्धार विशेष प्रकृतिको रहेको भन्दै उनले सामान्य टनेल दुर्घटनाको उद्धारसँग यसलाई तुलना गर्न नमिल्ने बताए।

‘टनेलमा आएको विपत्ति विशेष किसिमको छ। टनेलमा आएको पहिरो पन्छाएर भित्र छिर्न सकिने अवस्थाको होइन। पहिरोले थुनिएको टनेल होइन, टनेल नै हिलो र बाढीले थुनिएका छन्,’ उनले भने।

उनले यस्तो अवस्थाको उद्धारका लागि आवश्यक ठूलो विशेषज्ञता नेपालसँग नभएको बताए। टनेलभित्रको हिलो केही सुक्दै गएपछि उद्धार कार्य अघि बढाउन सकिने उनको भनाइ छ।

एउटै टनेलमा ठूलो संख्यामा डोजर वा एक्साभेटर परिचालन गर्न नसकिने अवस्थाबारे पनि उनले स्पष्ट पारे।

‘एउटा टनेलमा एकैपल्ट २० वटा डोजर किन लगाइएन भनियो। तर एक–दुई वटाभन्दा बढी लगाउन सकिने अवस्था थिएन,’ उनले भने।

प्रधानमन्त्री शाहले सरकारले विपद् व्यवस्थापन र उद्धारमा आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको दाबी गर्दै सरकार निरन्तर क्रियाशील रहने बताए।

‘सरकार हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ,’ उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

‘विपद्का बेला सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा पुगेन’ : आङदेम्बे

‘परिवार सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि विज्ञ लिएर?’ : आङदेम्बे

भोटेकोसी बाढीको उद्धारमा ढिलाइबारे गुनासो सुनिरहेका छौँ : प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu