ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग


ABC NEWS
१७ भदौ २०८३, बुधबार   २ : ५५   बजे

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीले अवरुद्ध भएको नेपालसँगको केरुङ सीमा नाका जोड्ने चीनतर्फको एकमात्र जी२१६ राष्ट्रिय राजमार्ग एक सातापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

सिंगापुरस्थित समाचार संस्था च्यानल न्युज एसिया (सीएनए) का अनुसार सडक सम्पर्क पुनःस्थापित भएसँगै मुख्य विपद् प्रभावित क्षेत्रमा पहिलोपटक ठूला तथा भारी उद्धार उपकरण र मेसिन पुर्‍याउन सहज भएको छ।

चिनियाँ उद्धार टोलीले भीर, भत्किने जोखिममा रहेका पहाड तथा तीव्र गतिमा बगिरहेको नदीको साँघुरो खोँचमा निरन्तर काम गर्दै राजमार्गको क्षतिग्रस्त भागको पुनर्निर्माण गरी सडक सञ्चालनमा ल्याएको हो।

सडक पूर्ण रूपमा खुल्नुअघि बुधबार हेलिकोप्टरमार्फत उद्धार सामग्री तथा आवश्यक उपकरण प्रभावित क्षेत्रमा पुर्‍याइएको थियो।

चिनियाँ सीमा भन्सार कम्प्लेक्स पुरिएको क्षेत्रमा दर्जनौँ एक्स्काभेटर तथा अन्य भारी मेसिन परिचालन गरिएको सीएनएले जनाएको छ। पुरिएका व्यक्तिको खोजी गर्ने प्रविधि तथा तालिमप्राप्त कुकुरसहितका उद्धार टोलीलाई खोँच, नदी किनार र क्षतिग्रस्त पूर्वाधार क्षेत्रमा बेपत्ताको खोजीमा खटाइएको छ।

चीनको तिब्बत क्षेत्रमा बाढी र पहिरोका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। २३ देशका २६१ विदेशी नागरिकसहित कुल ५४६ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

नेपालतर्फ भने बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या बुधबारसम्म एक हजार एक सय नाघेको विवरण सार्वजनिक भएको छ।

यसैबीच, माथिल्लो तटीय क्षेत्रमा बनेका अस्थायी तालहरूमा पानीको सतह घट्दै गएकाले सम्भावित ताल फुट्ने जोखिम केही कम भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। तर भूभाग कमजोर रहेकाले थप पहिरो खस्ने जोखिम भने अझै कायम रहेको उनीहरूको भनाइ छ।

राजमार्ग पुनः सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्रीसँगै भारी उपकरण लैजान सहज हुने भएकाले खोज तथा उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu