ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ०५   बजे

काठमाडौँ, भदौ १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसीमा आएको बाढी एउटा देश वा निश्चित भूगोलको मात्र नभई विश्वव्यापी संकटको विषय भएको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नेपालले पटकपटक प्राकृतिक विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न संकटलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । “यो संकट एउटा देशको मात्र होइन, विश्वव्यापी हो ।  नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर व्यहोर्नुपरेको बताउँदै उहाँले बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको उल्लेख गर्नुभयो । प्रचण्डले भोटेकोसी बाढीपछि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्ने बताउनुभयो । संकटको यस घडीमा आफूहरू बाढीपीडितको साथमा रहेको उहाँको भनाइ थियो । उहाँले हरेक ठाउँमा सरकारको उपस्थिति देखिनुपर्ने बताउँदै दुःखमा सरकार देखिनुपर्ने र विपत्तिमा राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म तथा सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सहमति र सहकार्यको नयाँ आधार निर्माण गरी संकटको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । नेपालका हिमाल पग्लिँदै गएको र चट्टान तथा हिउँबीचको सम्बन्ध कमजोर हुँदै गएको विषय आफूले विगतमा अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाएको प्रचण्डले स्मरण गर्नुभयो । नेपालले कार्बन उत्सर्जन नगरे पनि ठूला राष्ट्रबाट हुने कार्बन उत्सर्जनका कारण नेपालले गम्भीर असर व्यहोर्नुपरेको उहाँले बताउनुभयो । यस विषयमा ठूला तथा विकसित राष्ट्रहरू गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । प्रचण्डले बाढीपीडितको उद्धार तथा राहतका लागि सेना परिचालनसँगै जनपरिचालनलाई समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

निसीखोलाको चिनारे बस्ती पहिरोको उच्च जोखिममा, १० घर प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu