ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ०५   बजे

काठमाडौं । नेपाल प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् । विपद्को कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन नेपाल प्रहरीले आफ्नो तलबबाट रकम उपलब्ध गराउने निर्णय गरेको हो । आईजीपीसहित प्रहरीका उच्च अधिकारीको सोमबार बसेको बैठकले कार्यालय सहयोगीको दुई दिन, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको पाँच दिन र प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मको छ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । त्यस्तै, प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका अधिकारीले १२ दिन र प्रहरी नायव महानिरीक्षक (डीआईजी)देखि प्रहरी महानिरीक्षक (आईजीपी)सम्मका अधिकारीले १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले निर्णयअनुसार राहत कोषमा रकम जम्मा गरिने जानकारी दिनुभयो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

निसीखोलाको चिनारे बस्ती पहिरोको उच्च जोखिममा, १० घर प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu