ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङभित्र फसेको आशंका


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ३ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना अझै सम्पर्कविहीन रहेका छन् । आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले बुधबार विज्ञप्ति जारी गर्दै आयोजनास्थलबाट ८७६ जनाको उद्धार गरिएको जनाएको छ । सम्पर्कविहीनमध्ये करिब ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको कम्पनीले जनाएको छ । अत्यन्त विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम, थप पहिरोको सम्भावना तथा प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको कम्पनीको भनाइ छ । कम्पनीले सरकारका सम्बन्धित निकायसँग समन्वय गरी उपलब्ध स्रोत, साधन, प्रविधि र दक्ष जनशक्ति परिचालन गरेर बेपत्ता व्यक्तिको खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखी निरन्तरता दिएको जनाएको छ । खोज तथा उद्धारका लागि कम्पनीको पहलमा कोरियाबाट विज्ञ तथा आवश्यक उपकरण नेपाल ल्याई आयोजनास्थलमा परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ । बाढीका कारण रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन आयोजनामा ठूलो जनधनको क्षति पुगेको छ । आन्तरिक खपतका लागि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नेपालकै ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको बाँधस्थल, मुख्य सुरुङ, भूमिगत विद्युत्गृहलगायत संरचनामा २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको थियो । बाढीले निर्माण सम्पन्न हुन लागेको बाँधलगायत हेडवर्क्सका संरचना, कार्यालय तथा आवास क्षेत्र पूर्णरूपमा बगाएको कम्पनीले जनाएको छ । बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी र लेदो आयोजनास्थलमा प्रवेश गरेकाले निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी र श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको कम्पनीको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

सम्बन्धित

निसीखोलाको चिनारे बस्ती पहिरोको उच्च जोखिममा, १० घर प्रभावित

केरुङनजिक हिमनदी फुटेपछिको जोखिम कायमै, थप बाढी–पहिरोको चेतावनी

रसुवाको बाढीपछि कुशीनगरमा १३ अज्ञात शव फेला, नेपालसँग समन्वयमा भारतीय प्रशासन

१२ घण्टा जंगलमा भौँतारिए, पसिना निचोरेर पिए, बिस्कुट खाए– यसरी बाँचे शिवु

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो, ३ हजार ९२५ सम्पर्कविहीन

चिलिमे र अपर त्रिशूली–१ का टनेलमा तीन शव भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu