ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ४ : ०५   बजे

काठमाडौं । नेपाली ब्याडमिन्टन टोली एसियाली खेलकुद (एसियाड) मा एसियाका ‘हेभिवेट’ राष्ट्रसँग प्रतिस्पर्धा गर्न कडा तयारीमा जुटेको छ। नेपालले चीन, जापान, दक्षिण कोरिया र इन्डोनेसियाजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले खेलाडीहरू बन्द प्रशिक्षणमा व्यस्त छन्।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ)को वरीयतामा शीर्ष १० भित्र आठ एसियाली राष्ट्र रहेकाले नेपालका लागि यसपटकको प्रतिस्पर्धा चुनौतीपूर्ण हुने देखिन्छ।

नेपाली टोली हाल काठमाडौंको डल्लुस्थित भूकम्प स्मृति बहुदेशीय कभर्डहलमा दैनिक अभ्यास गरिरहेको छ। मुख्य प्रशिक्षक सुदीप योञ्जनको नेतृत्वमा टोली साउन १८ गतेदेखि बन्द प्रशिक्षणमा छ।

एसियाडमा ब्याडमिन्टनले पाँचौँपटक सहभागिता जनाउँदै छ। यसपटक नेपालबाट क्षितिज खनाल, प्रफुल महर्जन, रशिला महर्जन र रेहाना शेरचनले प्रतिस्पर्धा गर्नेछन्।

विगतको प्रदर्शन सुधार्ने लक्ष्य

एसियाडमा नेपालको ब्याडमिन्टन प्रदर्शन अपेक्षाकृत कमजोर रहँदै आएको छ। नेपालले अहिलेसम्म पुरुषतर्फका सबै संस्करणमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ। महिलातर्फ भने एकपटक क्वार्टरफाइनल पुगेको छ भने तीनपटक पहिलो चरणमै रोकिएको छ।

यसपटक टोलीले कम्तीमा क्वार्टरफाइनलसम्म पुग्ने लक्ष्य राखेको छ।

मुख्य प्रशिक्षक योञ्जनले ओलम्पियन प्रिन्स दाहाल टोलीमा नरहे पनि सम्भावना बोकेका खेलाडीहरू रहेको बताए।

‘ब्याडमिन्टन धेरै सम्भावना भएको खेल हो। उनीहरू पनि क्षमता भएका खेलाडी हुन्। मैदानमा गएपछि शतप्रतिशत खेल्नुपर्छ भन्ने मानसिकतामा छन्। विश्व च्याम्पियनहरूसँग खेल्ने भए पनि उनीहरूभन्दा हाम्रा खेलाडी कम छैनन्,’ योञ्जनले भने।

रशिलाको लक्ष्य– अघिल्लो प्रदर्शनभन्दा सुधार

तेस्रोपटक एसियाड खेल्न लागेकी रशिला महर्जन नेपाली टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन्। तीन वर्षअघि चीनको हाञ्चाउमा भएको एसियाडमा उनले प्रि–क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन्।

यसपटक विगतका कमजोरी सुधार्दै अझ राम्रो नतिजा ल्याउने उनको लक्ष्य छ।

‘सन् २०१८ मा हार्दा मनमा धेरै छायो। खेलपछि नै आगामी खेलमा राम्रो गर्छु भन्ने सोचिसकेको थिएँ। त्यसपछि चीनमा पनि प्रि–क्वार्टरफाइनल पुगेपछि सकारात्मक सोच आएको छ। अब गल्ती सुधार्दै जापानमा प्रि–क्वार्टरफाइनलभन्दा राम्रो नतिजा ल्याउने मेरो लक्ष्य छ,’ रशिलाले भनिन्।

रशिलाले सन् २०१८ को एसियाडमा तीन खेल खेलेकी थिइन्। हाञ्चाउ एसियाडमा भने उनले एक खेल जित्दै प्रि–क्वार्टरफाइनलको यात्रा तय गरेकी थिइन्।

पहिलोपटक एसियाड खेल्दै क्षितिज

क्षितिज खनालका लागि भने यो पहिलो एसियाड सहभागिता हो। उनी एसियाडलाई आफूभन्दा उच्च स्तरका खेलाडीसँग खेल्दै अनुभव हासिल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

‘उत्कृष्ट खेलाडीहरूसँग खेल्ने अवसर पाइन्छ। हामीले सहभागिता जनाउने सबैभन्दा ठूलो प्रतियोगिता हो यो। धेरै उत्साहित छु,’ क्षितिजले भने।

यसपटक नेपालले ब्याडमिन्टनमा व्यक्तिगत स्पर्धातर्फ मात्र सहभागिता जनाउँदै छ। यसअघिका संस्करणमा नेपालले टिम स्पर्धामा पनि सहभागिता जनाएको थियो।

प्रशिक्षक भन्छन्– ‘क्वार्टरफाइनलसम्म पुग्ने सम्भावना छ’

मुख्य प्रशिक्षक योञ्जनले बलिया प्रतिद्वन्द्वीका बाबजुद नेपाली खेलाडीले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सके क्वार्टरफाइनलसम्म पुग्न सक्ने बताए।

‘हाम्रा प्रतिस्पर्धीहरू बलिया छन्। खेलमा जे पनि हुनसक्छ। हाम्रा खेलाडीहरूको स्तर प्रतियोगिताबाट थाहा हुन्छ। हाम्रो सम्भावना क्वार्टरफाइनलसम्मको देखेको छु,’ उनले भने।

‘दीर्घकालीन योजना बनाउन चुकिरहेका छौँ’

प्रशिक्षक योञ्जनले नेपालमा ब्याडमिन्टनको विकासका लागि दीर्घकालीन योजना बन्न नसक्दा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न कठिन भइरहेको बताए।

उनका अनुसार बलिया राष्ट्रहरूले एउटा एसियाड सकिएलगत्तै अर्को संस्करणलाई लक्षित गरेर तयारी थाल्छन्। नेपालमा भने त्यस्तो दीर्घकालीन योजना बन्न नसकेको उनको गुनासो छ।

‘दीर्घकालीन योजनामा हामी चुकिरहेका छौँ। बलियो देशहरूले एउटा एसियाड सकिनेबित्तिकै अर्कोमा के गर्ने भन्ने योजना बनाइरहेका हुन्छन्। तर नेपालमा यस्तो छैन,’ योञ्जनले भने।

दक्षिण एसियाली स्तरका क्षेत्रीय प्रतियोगितामा भने नेपालले सम्मानजनक प्रदर्शन गर्दै धेरै पदक जित्दै आएको उनले बताए।

प्रशिक्षणमै स्रोतसाधनको अभाव

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ‘मिसन–२०२६’ मा कुनै पनि र्‍याकेट खेल समावेश नगरिएको प्रशिक्षक योञ्जनले बताए। नेपाली टोलीले यस प्रतियोगितालाई लक्षित गरेर गत साउन ५ गतेदेखि मात्रै प्रशिक्षण सुरु गरेको थियो।

अहिलेको बन्द प्रशिक्षणमा खेलाडीमाथि तयारीको ठूलो दबाब रहेको टोलीको भनाइ छ। पर्याप्त प्रशिक्षण सामग्री उपलब्ध नहुँदा तयारीमा समेत समस्या भइरहेको उनीहरूको गुनासो छ।

बलिया एसियाली राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा छोटो तयारी, सीमित स्रोतसाधन र दीर्घकालीन योजनाको अभाव नेपाली ब्याडमिन्टनको मुख्य चुनौती बनेको छ। त्यसका बाबजुद खेलाडीहरू भने यसपटक विगतको प्रदर्शन सुधार्दै क्वार्टरफाइनलसम्म पुग्ने लक्ष्यसहित तयारी गरिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

सम्बन्धित

नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित

जर्मनीका डिफेन्डर रुडिगरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

खेलरोको गेमविक–२ का विजेता किसन कोइराला

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

नेपाल ‘ए’ ले तास्मानियासँग एकदिवसीय खेल्दै, टस हारेर ब्याटिङ

कीर्तिमानी मूल्यमा सिटी पुगे एन्जो फर्नान्डेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu