ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ६ : २५   बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टी अध्यक्ष हर्क साम्पाङको कार्यशैली सुधार गर्नुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा लिखित सुझाव प्रस्तुत गर्दै किरातीले अध्यक्ष साम्पाङको कार्यशैलीदेखि पार्टीको आर्थिक पारदर्शितासम्मका विषय उठाएका हुन्।

मंगलबारदेखि धरानमा सुरु भएको केन्द्रीय समिति बैठकमा किराती पक्षलाई पहिलो दिन सहभागी गराइएको थिएन। पार्टी एकताको निर्णय अनुमोदन भएपछि बुधबार किरातीसहित उनको समूहलाई बैठकमा सहभागी गराइएको हो।

बुधबार बैठकमा सहभागी भएका किरातीले पार्टी सञ्चालनमा सामूहिक छलफल, निर्णय प्रक्रिया र नेतृत्वको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीको आर्थिक कारोबार पारदर्शी हुनुपर्ने विषयसमेत उठाएका छन्।

किराती समूह चार महिनाअघि श्रम संस्कृति पार्टीसँग एकता गरेर पार्टीमा समाहित भएको थियो। एकताका क्रममा किरातीलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो भने उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जना पार्टीमा आएका थिए। एकतापछि पार्टीको केन्द्रीय समिति ४१ सदस्यीय बनेको थियो।

तर, एकताको चार महिनापछि बसेको पहिलो केन्द्रीय समिति बैठकमा किराती समूहलाई सुरुमा सहभागी नगराइएपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको थियो। बुधबार भने किराती पक्षलाई समेत बैठकमा सहभागी गराइएको छ।

यसअघि किराती समूहले अध्यक्ष साम्पाङको सामाजिक सञ्जालकेन्द्रित कार्यशैली तथा पार्टीभित्र पर्याप्त छलफल र परामर्शको अभावप्रति असन्तुष्टि जनाउँदै आएको थियो।

किरातीले पार्टीभित्र देखिएका कमजोरीलाई सुधार गर्दै एकतालाई मजबुत बनाउनुपर्ने धारणा राखेका छन्।

यस्ता छन् उनका सुझाव

क) नीति तथा संस्थागत व्यवस्था

१) विधान निर्माण- लोकतान्त्रिक, समावेशी र समयानुकूल विधान तयार गर्न विधान मस्यौदा समिति गठन गर्ने।

३) आर्थिक पारदर्शिता- आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागू गर्ने।

४) निर्णय, कार्यान्वयन र अनुगमन – नीति तथा निर्णय कार्यान्वयनको जिम्मेवारी, समयसीमा र नियमित अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने।

५) निर्वाचन नीति – स्थानीय तथा प्रदेश निर्वाचनका लागि निर्वाचन रणनीति र उम्मेदवार छनोटका स्पष्ट, वस्तुनिष्ठ तथा पारदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्ने।

ख) नेतृत्व तथा कार्यशैली

१) सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी – संस्थागत निर्णय र व्यक्तिगत जवाफदेहिताको स्पष्ट प्रणाली लागू गर्ने।

२) संस्थागत निर्णय प्रक्रिया – महत्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्ने र निर्णयको अभिलेख राख्ने।

३) अनुशासन र विवाद समाधान – प्रभावकारी अनुशासन आयोग गठन गरी आचारसंहिता लागू गर्ने र कारबाही तथा आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने।

४) जिम्मेवारीको वैज्ञानिक बाँडफाँड – नेता तथा कार्यकर्ताको क्षमता, अनुभव, रुचि, योगदान र आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्ने।

५) नेतृत्व सहयोग र समीक्षा – आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्ने।

६) आन्तरिक लोकतन्त्र र संवाद – नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, सुझाव तथा मतभेद समाधानको प्रभावकारी संयन्त्र विकास गर्ने।

ग) संगठन तथा व्यवस्थापन

१) वैधानिक अध्यावधिक – निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अध्यावधिक गर्ने।

२) केन्द्रीय कार्यालय सुदृढीकरण- केन्द्रीय कार्यालयलाई व्यवस्थित, प्रविधिमैत्री र नमुनायोग्य बनाउने।

३) संगठनात्मक एकीकरण – विभिन्न राजनीतिक धार, समूह तथा पार्टीबाट आएका साथीहरूको क्षमता र योगदानका आधारमा उचित व्यवस्थापन गर्ने।

४) डिजिटल पार्टी निर्माण – सदस्यता, संगठन, अभिलेख, बैठक, निर्णय, आर्थिक विवरण तथा सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने।

५) प्रदेश तथा स्थानीय संगठन – प्रदेश इन्चार्जरसहइन्चार्ज तोक्ने तथा स्थानीय तहसम्म संगठन निर्माण, पुनर्गठन र नियमित समीक्षा गर्ने।

६) जनवर्गीय तथा पेशागत संगठन – आवश्यकता अनुसार जनवर्गीय तथा पेशागत संगठन गठन र परिचालन गर्ने।

७) श्रमदान अभियान – श्रम संस्कृतिलाई स्थापित गर्न श्रमदान विभाग गठन गरी सृजनात्मक र जनमुखी ढंगबाट श्रमदान अभियान सञ्चालन गर्ने।

८) प्रशिक्षण र नेतृत्व विकास- नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक, वैचारिक, संगठनात्मक तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गर्ने।

९) कार्यक्रम समन्वय – पार्टीका महत्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी वा विभागसँग पूर्वसमन्वय र छलफल गरेर मात्र सञ्चालन गर्ने।

१०) एकता तथा संवाद – पार्टी एकतामा आउन चाहने अन्य पार्टी, समूह वा व्यक्तिसँग संवाद र समन्वय गर्न अधिकारसम्पन्न, प्रभावकारी एक वार्ता समिति गठन गर्ने।

११) संगठनात्मक रिपोर्टिङ – केन्द्र, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय, नियमित प्रतिवेदन र कार्यसम्पादन समीक्षा प्रणाली लागू गर्ने।

१२) एकीकृत सूचना प्रणाली – पार्टीका आधिकारिक निर्णय, सूचना र धारणा सम्प्रेषणका लागि एकीकृत सञ्चार प्रणाली विकास गर्ने।

१३) उपरोक्त विषयलाई लागू गर्न वार्षिक क्यालेन्डर बनाई जारी गर्ने।

स्रोतका थप तस्बिर तथा कागजात

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन भन्नु उचित होइन’ : रास्वपा सचेतक धिताल

सुरुङमा फसेकाको उद्धारमा अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन कांग्रेसको आग्रह

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री

‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था’ : ओली

रसुवा बाढीको क्षतिबारे एमालेको स्थलगत अध्ययन, ओलीलाई बुझायो प्रतिवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu