ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितका लागि कांग्रेस प्रतिष्ठानले १ करोड दिने, उद्धारमा सरकारलाई सघाउने


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । भोटेकोसीमा आएको भीषण बाढीपछि उत्पन्न संकट, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सरकारलाई हरसम्भव सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले विपद्को समयमा राजनीतिक विमतिभन्दा माथि उठेर उद्धार तथा राहत अभियानमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले सरकारले स्थापना गरेको राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। साथै, प्रतिष्ठानको ‘स्ट्र्याटेजी रेस्पोन्स टिम’ मार्फत सरकारी निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सहयोग गर्ने निर्णय भएको छ।

उद्धारमा खटिएका सुरक्षा निकाय तथा प्रशासनिक टोलीको सराहना गर्दै बैठकले भने सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा सरकारले सुस्तता देखाएको निष्कर्ष निकालेको छ।

नेपालको आफ्नै क्षमता र विज्ञताले नभ्याउने अवस्था देखिएपछि सुरुका २–३ दिनभित्रै अन्तर्राष्ट्रिय विज्ञ तथा प्राविधिक सहयोग लिनुपर्नेमा त्यसो नगरिएको र निजी प्रवर्धकहरूलाई समेत समयमै उद्धारका लागि अनुमति नदिइएको भन्दै कांग्रेस प्रतिष्ठानले असन्तुष्टि जनाएको छ।

सुरुङमा फसेकाहरूको उद्धारका लागि उपलब्ध सबै विकल्प तत्काल परिचालन गर्नुपर्ने माग गर्दै प्रतिष्ठानले सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै, राहत वितरणलाई थप पारदर्शी र प्रभावकारी बनाउन केन्द्रीय एकद्वार प्रणालीको सट्टा स्थानीय तहलाई प्रमुख जिम्मेवारी दिने गरी ‘स्थानीय द्वार प्रणाली’ लागू गर्नुपर्ने सुझाव प्रतिष्ठानले दिएको छ।

पुनर्निर्माणलाई व्यवस्थित बनाउन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलको संयोजनमा विज्ञ टोली गठन गरी एक महिनाभित्र विपद्पछिको आवश्यकता आकलन (PDNA) प्रतिवेदन तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने निर्णयसमेत बैठकले गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu