काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अमिर खानले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालय, सिंहदरबार पुगेर शोकपुस्तिकामा हस्ताक्षर गर्दै राजदूत खानले नेपाल, नेपाली जनता र सरकारको दुःखमा पाकिस्तान साथमा रहेको उल्लेख गर्नुभएको हो । यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री सहबाज सरिफले पनि नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्