ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी किनारको बाढी जोखिमबारे तथ्यांक संकलन गरिने


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : २५   बजे

बागलुङ । जिल्ला विपद् व्यवस्थापन समितिले कालीगण्डकी नदी किनारमा बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि एकिन तथ्यांक संकलन गर्ने भएको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पूर्वाधार विकास तथा एकीकृत सेवा कार्यालयलाई प्राविधिक तथा अन्य जनशक्ति परिचालन गरी आवश्यक अध्ययन गर्न निर्देशन दिने बताएका छन्। भोटेकोशीमा आएको बाढीमा ९ मिटरभन्दा बढी पानीको सतह पुगेको उल्लेख गर्दै आचार्यले त्यस्तै प्रकृतिको बाढी कालीगण्डकीमा आएमा नदी किनारका कति घर जोखिममा पर्न सक्छन् भन्ने यकिन गर्न आवश्यक रहेको बताए। सम्भावित मानवीय क्षति रोक्न पूर्वतयारी तथा सुरक्षित स्थान पहिचान गर्न पनि अध्ययन आवश्यक रहेको उनको भनाइ थियो। समितिको बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, सुरक्षा निकाय, सरकारी कार्यालय, गैरसरकारी संस्था तथा रेडक्रस सोसाइटीलगायत सबै सरोकारवालाका लागि यस्तो तथ्यांक आवश्यक रहेको आचार्यले बताए। संकलित तथ्यांकलाई प्रशासनले एकीकृत रूपमा राख्ने उनको भनाइ छ। पछिल्लो समय धौलागिरि हिमाल आसपासका केही हिमतालमा जोखिम हुनसक्ने भन्दै सचेतना र पूर्वतयारीका विषय उठिरहेका छन्। कालीगण्डकी नदीको स्रोत हिमताल तथा हिमाली क्षेत्रसँग जोडिएकाले सम्भावित जोखिमप्रति सबै निकाय तयारी अवस्थामा रहनुपर्ने आचार्यले बताए। जोखिमको अध्ययनपछि आवश्यकताअनुसार कतिपय स्थानका बस्ती स्थानान्तरणका लागि सुझाव दिन तथा अन्य स्थानमा सुरक्षित उपाय अपनाउन सहज हुने समितिको निष्कर्ष छ। बैठकमा जिल्लाभित्र हाल देखिएका जोखिम तथा यसअघि बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्ने विषयमा समेत छलफल भएको थियो। सरकारी तथ्यांकअनुसार ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा बाढीपहिरो पीडितको संख्या धेरै छ। मनसुनजन्य विपद्बाट थप समस्या आउनसक्ने भएकाले सचेत रहन तथा भोटेकोशी बाढीमा बेपत्ता भएका जिल्लावासीका परिवारलाई राहत उपलब्ध गराउने विषयमा समेत समितिले तयारी थालेको छ। हाल भोटेकोशी बाढीपीडितका लागि जिल्लाबाट नगद रकम मात्र प्रधानमन्त्री राहत कोषमा पठाइएको छ। जिन्सी सामग्री संकलन भएको अवस्थामा सडकको समस्याका कारण तत्काल पठाउन कठिन हुने भएकाले जिल्लाभित्रकै विपद् प्रभावितका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न पहल भइरहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए। बैठकमा गलकोट क्षेत्रमा विद्युत् पोल तथा तारबाट उत्पन्न जोखिमको विषयसमेत उठेको छ। दुई महिनाअघि गलकोटमा धान रोप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएपछि नेपाल विद्युत् प्राधिकरणको बागलुङ वितरण केन्द्रले १० लाख रुपैयाँ राहत तथा क्षतिपूर्ति दिएको थियो।

 

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

नुवाकोटमा बाढीमा ज्यान गुमाएकामध्ये १७७ जनाको शव फेला

बाढी–पहिरोका कारण बागमतीका विभिन्न सडकखण्ड अवरुद्ध

चार पटक बाढीले उछिट्याउँदा पनि झार समातेर बाँचिन् मेन्दो पेमा लामा

भन्सार अधिकृत गैह्रेले ज्यान जोगाउँदै देखेको भदौ १० को रसुवा त्रासदी

त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङभित्र फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu