ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाद्वारा नेपाललाई थप आपत्कालीन राहत सामग्री सहयोग


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : २५   बजे

काठमाडौँ, भदौ १८ गते । भदौ १० गते नेपालमा आएको विनाशकारी भोटेकोशी हिमबाढीपछि संयुक्त राज्य अमेरिकाले नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सहायता उपलब्ध गराएको छ। नेपालको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्‍याउन अमेरिकी सेनाका दुईवटा कार्गो विमानमार्फत विपद् प्रभावितका लागि आपत्कालीन राहत सामग्री बुधबार नेपाल ल्याइएको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार पाँच हजार थान विशेष राहत सामग्री, पाँच सय थान प्राथमिक उपचार किट, स्ट्रेचर तथा भारवहन उपकरण नेपाल ल्याइएको छ। नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको उक्त सामग्रीसँगै बाढी प्रतिकार्यका लागि यसअघि घोषणा गरिएको ३ लाख ६० हजार अमेरिकी डलर बराबरको सहायता पनि जारी रहेको दूतावासले जनाएको छ। नेपाल–अमेरिकाबीचको दिगो साझेदारीलाई स्मरण गर्दै विपद्को यस घडीमा प्रभावित समुदायलाई सहयोग गर्नु अमेरिकी सरकारको साझा दायित्व भएको दूतावासले जनाएको छ। सहायता निरन्तर जारी रहने पनि दूतावासले स्पष्ट पारेको छ। यसैबीच, विनाशकारी हिमबाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न अमेरिकी मानवीय संस्था ‘सामारिटन्स पर्स’मार्फत ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री पनि बुधबार काठमाडौं आइपुगेको छ। उक्त राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइका सामग्री तथा सोलार बत्ती रहेका छन्। सामग्री बाढी प्रभावित क्षेत्रमा कार्यरत स्थानीय संस्थामार्फत २ हजार ६ सय परिवारलाई वितरण गरिने जनाइएको छ। नेपालको आवश्यकताअनुसार जीवनरक्षासम्बन्धी सहायता उपलब्ध गराउन अमेरिकी दूतावासले नेपाल सरकार तथा विभिन्न साझेदारसँग निकट समन्वय गरिरहेको पनि जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

सम्बन्धित

पाँच दशकपछि सिरियामाथिको अमेरिकी घेरा खुल्यो : आतंकवादको सूचीबाट बाहिरिँदा बदलिँदै पश्चिम एसियाको शक्ति–सन्तुलन

लाइपजिग–हाले विमानस्थल ड्रोन आक्रमण प्रयासपछि रुसमाथि थप प्रतिबन्ध लगाउने ईयूको चेतावनी

भोटेकोशी बाढीप्रति पाकिस्तानका राजदूतद्वारा दुःख व्यक्त

हर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न ट्रम्पको सुझाव, इरानसँग तनाव थप चर्कियो

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

जापानबाट भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणको राहत सामग्री नेपाल आइपुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu