ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४८ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम, रसुवा र नुवाकोटमा उच्च सम्भावना


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

 

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज बिहीबार देशका विभिन्न खोला तथा नदीमा बहाव बढ्ने र आसपासका क्षेत्रमा बाढीको असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौंसहित ४८ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ । हालै बाढीबाट ठूलो क्षति पुगेका रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी र त्रिशूली नदीसहित साना नदीमा भने बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना छ । यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपासका बस्तीमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी, त्रिशूली तथा अन्य साना नदीमा बहाव उल्लेख्य बढ्ने भएकाले ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

सम्बन्धित

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

हिमाल अब केवल पग्लिँदै छैन, भत्किँदै पनि छ : जलवायु संकटको नयाँ खतरा

आज देशभर वर्षाको सम्भावना, काठमाडौंमा साँझतिर मध्यम वर्षा हुन सक्ने

आज पनि भारी वर्षाको सम्भावना, यी प्रदेशमा सतर्कता आवश्यक

हिमालयको बदलिँदो जोखिम : अब विपद् आउनुअघि नै सोच्नुपर्ने समय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu