ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोका कारण बागमतीका विभिन्न सडकखण्ड अवरुद्ध


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

 

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । टोखा–छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बेत्रावती नगरपालिका–१० सिमटारमा भने सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध छ । गजुरी–२ स्थित परेवा भीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् ।

त्यस्तै, ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ । काठमाडौं–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा गएराति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ । प्रहरीका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था मूल्याङ्कन गरी अन्य सवारी सञ्चालन गर्न अनुमति दिइएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

सम्बन्धित

चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका मृत फेला

नुवाकोटमा बाढीमा ज्यान गुमाएकामध्ये १७७ जनाको शव फेला

कालीगण्डकी किनारको बाढी जोखिमबारे तथ्यांक संकलन गरिने

चार पटक बाढीले उछिट्याउँदा पनि झार समातेर बाँचिन् मेन्दो पेमा लामा

भन्सार अधिकृत गैह्रेले ज्यान जोगाउँदै देखेको भदौ १० को रसुवा त्रासदी

त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङभित्र फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu