काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाएर सडक खुलाउने काम अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार बिहीबार बिहान पहिरोको दुवैतर्फबाट १८ जना परिचालन गरी रुख काट्ने काम भइरहेको छ।
पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख काट्ने काम सकिएपछि उपकरण परिचालन गरी पहिरो पन्छाउन थालिनेछ। सडक खुलाउन प्राथमिकताका साथ कामलाई तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्