ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहानुभूति होइन, जलवायु न्याय र कार्यान्वयन चाहिन्छ : मन्त्री चौधरी


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १ : १५   बजे

 

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको जोखिमको मुख्य मारमा रहेका अल्पविकसित राष्ट्रहरूले अब सहानुभूति नभई जलवायु न्याय र प्रभावकारी कार्यान्वयन चाहेको बताएकी छन्। बिहीबार टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित देशहरू (एलडीसी) को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले रसुवाको भोटेकोसी क्षेत्रमा आएको हिमपहिरो तथा बाढीबाट नेपालले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको बताइन्। उनले जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानी कोष तत्काल, सहज र द्रुत गतिमा परिचालन गर्न माग गरिन्। नेपालले कोषबाट तत्काल सहयोग प्राप्तिका लागि औपचारिक निवेदनसमेत दिइसकेको जानकारी दिँदै उनले कोषको प्रभावकारिता र सान्दर्भिकता पुष्टि गर्ने उपयुक्त समय यही भएको बताइन्। मन्त्री चौधरीले विकसित मुलुकहरूले पेरिस सम्झौताअनुसार अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। अत्यधिक कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले आगामी कोप–३१ मा महत्त्वाकांक्षी उत्सर्जन कटौतीको प्रतिबद्धता जनाउनुपर्ने उनको भनाइ थियो। नेपालको जलवायु परिवर्तनमा योगदान नगन्य भए पनि त्यसको भयावह मूल्य नेपाली जनताले चुकाउनुपरेको उल्लेख गर्दै उनले भोटेकोसी बाढीले निम्त्याएको संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराइन्। सम्बोधनका क्रममा उनले नेपाल सरकारको पहिलो प्राथमिकता खोज, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण रहेको बताइन्। खोज तथा उद्धार कार्यमा सुरक्षा निकाय, सरकारी संयन्त्र, स्थानीय समुदाय तथा विकास साझेदारहरू युद्धस्तरमा परिचालन भइरहेको उनको भनाइ थियो। मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हुने सीमापार घटनाको दीर्घकालीन समाधानका लागि क्षेत्रीय साझेदारी, पूर्वसूचना प्रणाली र तथ्यांक आदानप्रदान अनिवार्य रहेको बताइन्। हिमालहरूले अर्बौं मानिसलाई स्वच्छ पानी तथा वातावरणीय सेवा प्रदान गर्ने उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघीय जलवायु संरचना (यूएनएफसीसीसी) अन्तर्गत वार्षिक पर्वतीय संवादलाई संस्थागत गर्नुपर्ने माग गरिन्। उनले ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणा अघि सार्दै विश्वका जोखिमयुक्त राष्ट्रहरूको जलवायु भविष्य अन्तरसम्बन्धित रहेको बताइन्। नेपालका हिमालदेखि टिमोर–लेस्टेका तटीय क्षेत्रसम्मका नागरिकको अस्तित्व रक्षाका लागि दिलीदेखि आगामी जलवायु सम्मेलन हुने टर्कीको अन्टाल्यासम्म साझा र एकढिक्का आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ सम्पर्कविहीन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

सम्बन्धित

कृष्णभीरमा पहिरो पन्छाउन १८ जना परिचालन

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

हिमाल अब केवल पग्लिँदै छैन, भत्किँदै पनि छ : जलवायु संकटको नयाँ खतरा

४८ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम, रसुवा र नुवाकोटमा उच्च सम्भावना

आज देशभर वर्षाको सम्भावना, काठमाडौंमा साँझतिर मध्यम वर्षा हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu