ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको छुङ्गार लेकबाट कैलाशको दूरदर्शन गर्न सकिने


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : ०५   बजे

 

हुम्ला, भदौ १८ गते । हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ स्थित छुङ्गार लेकबाट कैलाशको दूरदर्शन गर्न सकिने भएको छ। स्थानीयको पहलमा आन्तरिक पर्यटकको टोली छुङ्गार लेक पुगेपछि त्यहाँबाट कैलाशको दर्शन गर्न सम्भव भएको हो। यससँगै छुङ्गार लेक नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना देखिएको छ। नाम्खा गाउँपालिका–१ का नाम्ग्याल तामाङसहित सात जनाको टोलीले छुङ्गार पुगेर कैलाशको दूरदर्शन गरेको हो। तामाङका अनुसार यसअघि पनि आफूले उक्त स्थानबाट कैलाश देखे पनि यसको पर्याप्त प्रचारप्रसार हुन सकेको थिएन। यसअघि नाम्खा गाउँपालिकाका सीमित स्थानीयवासीलाई मात्रै छुङ्गारबाट कैलाशको दर्शन गर्न सकिने जानकारी थियो। यसपटक हुम्लाका स्थानीयसँगै काठमाडौं आएका दुई जना आन्तरिक पर्यटकसमेत छुङ्गार पुगेर कैलाशको दूरदर्शन गरेका छन्। यद्यपि, छुङ्गारबाट मानसरोवर ताल भने देखिँदैन। छुङ्गार लेक समुद्री सतहबाट करिब ५ हजार २०० मिटरको उचाइमा रहेको छ। त्यहाँ पुग्न लिमी प्रवेशद्वार न्यालु लेकबाट करिब साढे दुई घण्टा उकालो पैदल हिँड्नुपर्ने छुङ्गार पुगेर कैलाशको दूरदर्शन गरेका कर्ण शाहीले बताउनुभयो। न्यालु लेकसम्म सवारीसाधनबाट पुग्न सकिने भए पनि त्यहाँबाट छुङ्गारसम्म पैदल यात्रा गर्नुपर्छ। नजिकैबाट कैलाशको दर्शन गर्न सकिने भएकाले छुङ्गारसम्म पुग्ने बाटो निर्माण गर्न आवश्यक रहेको शाहीले बताउनुभयो। छुङ्गार क्षेत्रमा खानेपानीको समेत समस्या रहेको छ। त्यहाँ पुग्ने पर्यटकले आफैँ पानी बोकेर लैजानुपर्ने अवस्था छ। उच्च पाटन क्षेत्र भएकाले बास बस्ने उचित स्थानको समेत अभाव रहेको छ। पर्यटकका लागि आवश्यक बाटो, खानेपानी र आवासलगायतका पूर्वाधार विकास गर्न सके छुङ्गार लेक हुम्लाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप नेपाल आइपुग्यो

भोटेकोसी विपद्मा ऐक्यबद्धता जनाउने दललाई रवि लामिछानेको धन्यवाद

सम्बन्धित

रसुवा भोटेकोसी बाढी प्रतिकार्यका लागि काठमाडौँ स्काउटलाई उद्धार सामग्री

भोटेकोसी बाढीपछि सरकारसँग अपेक्षित समन्वय नभएको कांग्रेस जनप्रतिनिधिको गुनासो

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको उच्च जोखिम

भोटेकोसी र त्रिशूलीमा बाढीको उच्च जोखिम, ४८ जिल्लामा मध्यम सम्भावना

काठमाडौंमा ग्यास अभाव नहुने, राजधानी बाहिरै बोटलिङ गरेर पठाउन थालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu