ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी विपत्तिमा पुनको १८ बुँदे सुझाव, राष्ट्रिय हिमालय विपद् कोषदेखि दातृ सम्मेलनसम्म


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनले भोटेकोसी बाढीबाट प्रभावितको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनादेखि दीर्घकालीन विपद् व्यवस्थापनसम्मका विषय समेटेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई १८ बुँदे सुझाव दिएका छन्। बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका पुनले भोटेकोसी बाढीमा बेपत्ता नागरिकको खोज, उद्धार तथा राहतलगायत विषयमा तत्कालीन र दीर्घकालीन योजना बनाउन सुझाव दिएको बताए। पुनले जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा हराइरहेकाहरूको प्रभावकारी खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्। त्यस्तै, राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउन तथा वृद्धवृद्धा, सुत्केरी, बालबालिका, गर्भवती र बिरामीलाई प्राथमिकता दिन सुझाव दिएका छन्। प्रभावितका लागि स्वास्थ्य उपचार तथा मनोपरामर्श, सुरक्षित स्थान पहिचान गरी अस्थायी आवास, विद्यालय सञ्चालन तथा सेवा प्रवाह गर्ने सरकारी कार्यालयको वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। आमाबुवा दुवै गुमाएका बालबालिकाको स्नातक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनले बताएका छन्। पुनले नदी तटीय क्षेत्रमा नयाँ मापदण्ड बनाएर योजनाबद्ध बस्ती विकास गर्न, व्यावसायिक क्षतिको मूल्यांकन गरी विशेष राहत प्याकेज ल्याउन तथा प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि दातृ सम्मेलन आयोजना गर्न सुझाव दिएका छन्। दीर्घकालीन विपद् व्यवस्थापनका लागि उनले ‘राष्ट्रिय हिमालय जलवायु तथा विपद् कोष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्। हिमनदी पग्लिने क्रम, हिमतालको जोखिम, हिमपहिरो, बाढी तथा पहिरोजस्ता विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गरी पूर्वसूचना, अनुसन्धान, अनुकूलन र सुरक्षित पूर्वाधारमा लगानी गर्नुपर्ने उनको सुझाव छ। त्यस्तै, ‘राष्ट्रिय हिमालय विपद् फरेन्सिक अनुसन्धान केन्द्र’ स्थापना गरी हिमाली विपद्का कारण र प्रभावबारे वैज्ञानिक अध्ययन गर्न तथा ‘राष्ट्रिय हिमालय पूर्वसूचना तथा निगरानी सञ्जाल’ निर्माण गरी भूकम्प, नदीको जलस्तर, मौसम, हिमताल, ड्रोन तथा उपग्रहलगायत प्रविधिलाई एउटै प्रणालीमा जोड्न पुनले प्रस्ताव गरेका छन्। सीमावर्ती हिमालयमा नेपाल–चीनबीच हिमनदी, हिमताल, भूकम्पीय गतिविधि, मौसम तथा नदीको बहावसम्बन्धी तथ्यांक वास्तविक समयमा आदानप्रदान गर्न स्थायी संयुक्त संयन्त्र बनाउनुपर्ने पनि उनको सुझाव छ। पुनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित भूगर्भविद्, जलविज्ञ, मौसमविद्, इन्जिनियर, ड्रोन तथा उपग्रह विज्ञ र पर्वतारोही उद्धारक सम्मिलित ‘राष्ट्रिय हिमाली विपद् द्रुत प्रतिकार्य तथा वैज्ञानिक टोली’ गठन गर्नुपर्ने बताएका छन्। उनले नेपाललाई ‘हिमालयन डिजास्टर रिजिलियन्स देश’ बनाउने गरी हिमाली क्षेत्रको बहुविपद् जोखिम नक्सा, पूर्वसूचना प्रणाली, सुरक्षित बस्ती योजना र जलवायु प्रतिरोधी पूर्वाधार विकासलाई राष्ट्रिय मापदण्डमा समेट्न सुझाव दिएका छन्। विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्दै क्षतिपूर्ति दाबी गर्नुपर्ने पुनको प्रस्ताव छ। त्यसका लागि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई विश्व समुदायलाई अपिल गर्नुपर्ने उनले बताएका छन्। यस्तै, सर्वदलीय बैठक, राष्ट्रिय समन्वय परिषद्को बैठक तथा सरोकारवाला पक्षसँग आवश्यक परामर्श गरी एकीकृत राष्ट्रिय शक्ति निर्माण गरेर विपत्तिको सामना गर्नुपर्ने पुनको सुझाव छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहलाई कुलमान घिसिङको सुझाव : ‘सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता बनाऔँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rescue Efforts Intensify for Tunnel-Trapped Workers After Disaster

NCP Leader Pun Meets PM Shah Over Bhotekoshi Flood Response

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् ? सरकारलाई सांसद बोहोराको प्रश्न

Flash Flood Risk in Bhotekoshi and Trishuli River Systems

Third Batch of China’s Emergency Supplies Arrives in Nepal

Nepal Committee Urges Swift Action to Rescue Flood Trapped Individuals

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu