ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेत्रावती बजार : इतिहास, आस्था र व्यापार बगाएर ‘वेत्रावती बगर’ बनाएको भोटेकोसी (तस्बिर)


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ५ : २५   बजे

वेत्रावती । रसुवा र नुवाकोटको सिमानामा रहेको वेत्रावती बजार। यो बजार कहिलेदेखि बस्यो भन्ने यकिन इतिहास भेट्टाउन कठिन छ। तर इतिहासका पाना पल्टाउने हो भने विसं. १७९२ मा यही क्षेत्रमा नेपाल–तिब्बत युद्ध रोकिएको उल्लेख पाइन्छ।

तिब्बतसँग भएको वेत्रावती सन्धिको स्मृति बोकेको शिला समेत यही बजार क्षेत्रमा रहेको विश्वास गरिन्छ। त्यसैले वेत्रावती केवल एउटा बजार थिएन, यो नेपालको इतिहाससँग जोडिएको एउटा महत्वपूर्ण स्थल पनि थियो।

युद्धभूमिदेखि उत्तरगया धामसम्म

वेत्रावतीको पहिचान इतिहासमै सीमित थिएन। यो क्षेत्र उत्तरगया क्षेत्रका रूपमा समेत प्रसिद्ध थियो।

पवित्र नदीका रूपमा मानिने वेत्रावती नदी र यसको किनार धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ रहेको राम मन्दिर, नदी किनारका धार्मिक स्थल तथा प्रत्येक वर्ष लाग्ने पुसे औँसीको मेलाले वेत्रावतीलाई महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित गरेका थिए।

इतिहास, धर्म र स्थानीय संस्कृतिको त्रिवेणी बनेको वेत्रावती पुस्तौँदेखि मानिसको आस्था र जीवनसँग जोडिँदै आएको थियो।

व्यापारले बदलिँदै थियो वेत्रावतीको स्वरूप

पछिल्ला वर्षमा भने वेत्रावतीको पहिचानमा अर्को आयाम थपिँदै थियो—व्यापार।

नेपाल–चीन व्यापारिक मार्गसँग जोडिएपछि वेत्रावतीको आर्थिक गतिविधि बढ्दै गयो। रसुवागढी–केरुङ जाने सडकमार्गसँग यसको सम्पर्क स्थापित भएपछि बजारको व्यापारिक महत्त्व झन् विस्तार भयो।

मानिसहरूको बसोबास बाक्लिँदै गयो। पसल, व्यवसाय र आवतजावत बढ्दै जाँदा वेत्रावती क्रमशः एउटा व्यस्त व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै थियो।

तर भदौ १० गते आएको विनाशकारी बाढीले वेत्रावतीको त्यो परिचय एकैछिनमा बदलिदियो।

बजारबाट बन्यो ‘वेत्रावती बगर’

भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवागढीदेखि धादिङको गल्छीसम्म नदी किनारका धेरै गाउँ, बजार र बस्तीमा ठूलो क्षति पुर्‍यायो।

वेत्रावती पनि त्यसबाट अछुतो रहेन।

दुई शताब्दीभन्दा बढी पुरानो युद्ध र सन्धिको स्मृति, पुस्तौँदेखि विकसित धार्मिक क्षेत्र र पछिल्लो समय गुलजार बनेको व्यापारिक बजार—सबैलाई बाढीले बगरमा परिणत गरिदिएको छ।

जहाँ केही दिनअघिसम्म घर, पसल, सडक र मानिसको चहलपहल थियो, आज त्यहाँ माटो, ढुंगा र भग्नावशेषको दृश्य छ।

इतिहासको साक्षी वेत्रावती अब आफैँ इतिहास बन्दै

वेत्रावतीको यो विपत्ति केवल एउटा बजार बग्नुको कथा होइन। यो इतिहास, संस्कृति, धर्म र स्थानीय अर्थतन्त्र एकैपटक उजाडिएको कथा हो।

वेत्रावती सन्धिको स्मृति बोकेको स्थलदेखि उत्तरगया धामसम्म र व्यापारिक चहलपहलले भरिएको बजारसम्म—वेत्रावतीले पुस्तौँको इतिहास बोकेको थियो।

तर केही घण्टाको प्राकृतिक विपत्तिले त्यो इतिहासको ठूलो हिस्सा माटोमुनि पुरिदिएको छ।

महाविपत्तिपछि प्रभावित क्षेत्रमा स्थलगत रिपोर्टिङ गरिरहेको नेपालखबर टोलीले बिहीबार दिउँसो वेत्रावतीको अवस्था ड्रोनमार्फत कैद गरेको छ।

साताअघिसम्मको वेत्रावती बजार र अहिले बनेको ‘वेत्रावती बगर’बीचको अन्तरले बाढीको विनाश कति भयावह थियो भन्ने आफैँ बोल्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

हिमाल अब केवल पग्लिँदै छैन, भत्किँदै पनि छ : जलवायु संकटको नयाँ खतरा

विपद्मा प्राथमिकता : जो आफैँ बच्न सक्दैन, उसलाई पहिले बचाऔँ

पाँच दशकपछि सिरियामाथिको अमेरिकी घेरा खुल्यो : आतंकवादको सूचीबाट बाहिरिँदा बदलिँदै पश्चिम एसियाको शक्ति–सन्तुलन

त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धारको कठिन यात्रा : पाँच दिनमा २० हजार घनमिटर लेदो र भग्नावशेष हटाइयो

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

 राहत बाँड्ने राज्य होइन, जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने राज्य चाहिन्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu