ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली–३ ए सुरुङबाट तेस्रो व्यक्तिको पनि उद्धार हुँदै


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १२ : २५   बजे

काठमाडौं । रसुवाको त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिमध्ये तेस्रो व्यक्तिको पनि उद्धारको तयारी गरिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिक टोलीले सुरुङभित्र रहेका तेस्रो व्यक्तिलाई बाहिर निकाल्ने प्रक्रिया अघि बढेको जनाएको छ ।

उद्धारका लागि आवश्यक अक्सिजन सिलिन्डर तथा अन्य उद्धार सामग्री सुरुङभित्र पुर्‍याइएको छ । सुरुङभित्रको कठिन अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि नेपाली सेनाको नेतृत्वमा संयुक्त टोलीले निरन्तर प्रयास गरिरहेको छ ।

यसअघि सुरुङबाट दुईजनालाई जीवितै उद्धार गरिएको थियो । उद्धार गरिएका दुईमध्ये एकजनाको अवस्था जटिल रहेकाले उनलाई काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दोस्रोपटक उद्धार गरिएका कबीर महर्जनको अवस्था गम्भीर छ ।

“जटिल अवस्थामा रहनुभएका व्यक्ति दोस्रो पटक उद्धार गरिनुभएका कबीर महर्जन हुनुहुन्छ । उहाँलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ,” प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनको अवस्था स्थिर देखिए पनि थप स्वास्थ्य परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी गरिएको छ ।

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न प्राविधिक र उद्धार विज्ञहरूको संयुक्त टोली परिचालन गरिएको छ । टोलीले आज बिहानैदेखि सुरुङभित्र रहेका व्यक्तिहरूको उद्धारका लागि काम गरिरहेको छ ।

त्रिशूली–३ ए आयोजनाको सुरुङमा बाढी तथा पहिरोका कारण फसेका व्यक्तिको उद्धारका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन् । तेस्रो व्यक्तिको उद्धार सफल भएपछि घटनामा फसेका अन्य व्यक्तिको अवस्थाबारे थप जानकारी आउने अपेक्षा गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली ‘थ्री ए’मा थप उद्धारका लागि सेनाको टोली पावर हाउस प्रवेश

९ दिनपछि सुरुङबाट दाइको उद्धार, दंग छन् अमिर : ‘जिन्दगीमा यति खुसी हुने दिन पनि आउँदो रहेछ’

सम्बन्धित

विपद्मा पनि हराउन नहुने मानवता

एबीसीसँगको मेरो यात्रा : जिल्लाबाट केन्द्रसम्म, सिकाइदेखि जिम्मेवारीसम्म

‘४०–४५ जना सुरुङभित्रै थियौँ, सबैलाई बचाउन खोज्दा म आफैँ थुनिएँ’ — जीवित उद्धार भएका सञ्जय साह

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट सञ्जय र कविरको सकुशल उद्धार (तस्बिरहरू)

टेलिभिजनका १९ वर्ष संकट, संघर्ष र समय

एबीसी न्युजको १९ औं वार्षिकोत्सव : समय बदलियो, माध्यम बदलियो, एबीसीको विश्वास बदलिएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu