ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्समा जुरी च्वाइस जितेको ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजदेखि नेपालमा


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १ : ०५   बजे

 

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा जुरी च्वाइस अवार्ड जितेको नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजदेखि नेपालका हलमा प्रदर्शनमा आएको छ।

विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भएर चर्चा कमाएको फिल्मले अब घरेलु दर्शकमाझ आफ्नो यात्रा सुरु गरेको हो। सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथालाई जंगली हात्तीको बिम्बसँग जोडेर प्रस्तुत गरिएको फिल्मले दर्शकको ध्यान तान्ने निर्माण टिमको विश्वास छ।

फिल्मले पाएको अन्तर्राष्ट्रिय प्रतिक्रियाबाट उत्साहित निर्देशक अभिनास विक्रम शाहले घरेलु दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा व्यक्त गरेका छन्।

“सिनेमा हेरेर हामीलाई एकदम राम्रो प्रतिक्रिया आएको छ। यस्तै प्रतिक्रिया यहाँबाट पनि आउने हाम्रो आशा छ। विश्वका ठूला फेस्टिभलमा रुचाइएको सिनेमाले हाम्रा दर्शकको पनि मन जित्छ भन्नेमा हाम्रो विश्वास छ,” उनले भने।

कान्समा जुरी च्वाइस अवार्ड पाएपछि ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ नेपाली दर्शकमाझ समेत प्रतीक्षित बनेको थियो।

यसैबीच, फिल्मको विशेष फन्डरेजर स्क्रिनिङ बिहीबार जोन्टा क्लब अफ काठमाडौंको आयोजनामा सम्पन्न भएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि राहत तथा पुनर्स्थापनामा सहयोग जुटाउने उद्देश्यले विशेष प्रदर्शन गरिएको हो।

फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने सीमान्तकृत समुदायको कथा प्रस्तुत गर्छ। सामाजिक यथार्थ, पहिचान र संघर्षलाई हात्तीको बिम्बसँग जोड्दै फिल्मले समुदायको कथा अघि बढाएको छ।

फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।

‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको फिल्म हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली ‘थ्री ए’मा थप उद्धारका लागि सेनाको टोली पावर हाउस प्रवेश

९ दिनपछि सुरुङबाट दाइको उद्धार, दंग छन् अमिर : ‘जिन्दगीमा यति खुसी हुने दिन पनि आउँदो रहेछ’

सम्बन्धित

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

तीजका लागि अस्ट्रेलियामा तय भएका सबै कार्यक्रम गायिका रचना रिमालले गरिन् रद्द

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटिएको

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu