ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ग्यास अभाव हटाउन उद्योगी सक्रिय, बाहिरबाटै सिलिन्डर ‘बोटलिङ’ गरेर ल्याइँदै


ABC NEWS
२० भदौ २०८३, शनिबार   ७ : ४५   बजे

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव हटाउन ग्यास उद्योगीहरू सक्रिय भएका छन्। नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगमा ग्यास ‘बोटलिङ’ गरी वैकल्पिक मार्गबाट सिलिन्डर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले त्यसअनुसार आपूर्ति व्यवस्थापन अघि बढाएका हुन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी र सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिन्डर बाहिर पठाउने र भरिएका सिलिन्डर उपत्यका भित्र्याउने व्यवस्था मिलाइरहेका छन्।

संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डरको संख्या कम भएकाले काठमाडौंमा रहेका खाली सिलिन्डर ट्रकमार्फत बाहिरका उद्योगमा पुर्‍याएर त्यहीँ ग्यास भरी पुनः काठमाडौं ल्याउनुपर्ने अवस्था छ। उनका अनुसार चितवनस्थित नेपाल ग्यास गण्डकीमा काठमाडौंका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ।

नेपाल ग्यासले सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ११ हजार सिलिन्डर बिक्री गर्दै आएकोमा अहिले माग उच्च रहेकाले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौं ल्याउने तयारी गरिएको छ। सिलिन्डर अभावका कारण मागअनुसार ग्यास भर्न भने कठिन भइरहेको उद्योगीहरूले बताएका छन्।

संघका सदस्य विमल कालाखेतीका अनुसार अन्य उद्योगले पनि काठमाडौंका खाली सिलिन्डर उपत्यकाबाहिर लगेर बोटलिङ गरी वैकल्पिक मार्गबाट राजधानी भित्र्याउन थालेका छन्। बाबा ग्यासले श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ भने साईबाबा ग्यासले आफ्नै सिलिन्डर काठमाडौं पठाएको छ। गैंडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम, हेटौँडाको साहारा ग्यासमा एभरेष्ट र सुगम ग्यासको बोटलिङ गरी काठमाडौं पठाउने व्यवस्था मिलाइएको छ।

त्यस्तै, बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा लोकप्रिय, सुपर र तारा ग्यासलगायतले राजधानीबाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै सिलिन्डर काठमाडौं पठाउन थालेका छन्।

अध्यक्ष चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ। तर अहिलेको असहज परिस्थितिमा माग बढेर दैनिक एक लाख सिलिन्डरसम्म पुग्न सक्ने अवस्था छ। उद्योगीहरूले केही दिनभित्रै आपूर्ति सहज हुने दाबी गरेका छन्।

एउटा ग्यास बुलेटमा करिब ४५० सिलिन्डर बराबरको ग्यास आउने गरेको छ। ठूलो ट्रकले भरिएका करिब ५०० सिलिन्डर र खाली अवस्थामा करिब ६०० सिलिन्डर बोक्न सक्ने उद्योगीहरूको भनाइ छ। नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादित ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको छ।

साल्ट ट्रेडिङले पनि वैकल्पिक व्यवस्था मिलायो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भर्न थालेको छ।

कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टमा बुलेट पुग्न नसक्ने अवस्था आएको हो। त्यसपछि कर्पोरेशनले सहज स्थानमा रहेका निजी ग्यास उद्योगका प्लान्ट प्रयोग गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।

कर्पोरेशनले मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी ग्यास बोटलिङ सुरु गरेको जनाएको छ।

तर नेपाल आयल निगमबाट प्राप्त हुने ‘पिडिओ’ कोटा न्यून भएकाले साल्ट ट्रेडिङले चाहेर पनि पर्याप्त ग्यास बिक्री गर्न नसकेको जनाइएको छ। निगमले भारतीय आयल कर्पोरेशनसँग कुल ३ हजार २५ वटा ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र साल्ट ट्रेडिङको भागमा परेको बताइएको छ।

साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार एसटीसी सिलिन्डर खपत गर्दै आएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

कृष्णभिर सडक अवरुद्ध भएपछि ग्यास आपूर्ति सहज बनाउन उद्योगी सक्रिय

विदेशी भुक्तानी प्रदायकलाई नेपाल भित्र्याउन कानुनी बाटो खुलाउँदै सरकार

प्रधानमन्त्री उद्धार कोषमा १० दिनमा जम्मा भयो साढे ९ अर्ब, पुरानो हिसाब खै ?

डलरको भाउ स्थिर, युरो–पाउन्ड र अस्ट्रेलियन डलर बढे

बाढीले बगाएका पुलमा बेलिब्रिज राख्दै सडक विभाग, वेत्रावती र त्रिशूलीमा अझै चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu