काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको विनिमयदर स्थिर रहेको छ। यता युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने बढेको छ।
अघिल्लो दिन अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य बढेको थियो।
अमेरिकी डलर
आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन पनि डलरको यही विनिमयदर थियो।
गत जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। यो हालसम्मकै उच्च विनिमयदर हो।
युरो बढ्यो
आज युरो १ को खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा रहेको छ।
अघिल्लो दिन युरोको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा थियो।
पाउन्ड स्टर्लिङ पनि महँगियो
आज पाउन्ड स्टर्लिङ १ को खरिददर २०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ।
अघिल्लो दिन पाउन्डको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४६ पैसा थियो।
अस्ट्रेलियन डलरको मूल्य बढ्यो
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा रहेको छ।
अघिल्लो दिन यसको खरिददर १०८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा थियो।
कुवेती दिनार स्थिर
आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा रहेको छ। अघिल्लो दिन पनि कुवेती दिनारको यही विनिमयदर थियो।
बहराइन दिनारमा पनि परिवर्तन भएन
आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। अघिल्लो दिन पनि यसको विनिमयदर यही थियो।
राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैंकहरूले तोक्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले निर्धारण गरेको दरभन्दा फरक हुन सक्नेछ। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्