ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै


ABC NEWS
२० भदौ २०८३, शनिबार   १० : ०५   बजे

काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज नेपाल आउँदै छन्। भोटेकोशी बाढी–पहिरोपछि बेपत्ता भएका कोरियाली नागरिकको खोजी तथा उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न उनी तीनदिने भ्रमणमा नेपाल आउन लागेका हुन्।

दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। उनले बेपत्ता कोरियाली नागरिकका परिवार तथा खोजी तथा उद्धारमा संलग्न आफ्ना देशका कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्ने कार्यक्रम छ।

भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजना निर्माणमा कार्यरत नौ जना कोरियाली नागरिक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डुसान इनर्जीबिलिटीका छ जना र कोरिया साउथ–इस्ट पावरका तीन जना कर्मचारी छन्।

परराष्ट्रमन्त्री खनालसँगको भेटमा चोले बेपत्ता नागरिकको खोजीलाई थप प्रभावकारी र तीव्र बनाउन नेपाल सरकारसँग सहयोग माग्ने बताइएको छ। साथै बाढी–पहिरो प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र नेपाल–दक्षिण कोरिया सम्बन्धका अन्य विषयमा पनि छलफल हुने जनाइएको छ।

नेपालमा परिचालित कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) लाई चोले घटनास्थलमै पुगेर भेट्ने कार्यक्रमसमेत छ। केडीआरटीले नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित कम्पनीका उद्धार टोलीसँग सहकार्य गर्दै हेलिकोप्टर, ड्रोन, खोजी कुकुर र थर्मल इमेजिङसहितका उपकरण प्रयोग गरेर बेपत्ताको खोजी गरिरहेको छ।

नेपाल भ्रमण पूरा गरेपछि दक्षिण कोरियाली विदेशमन्त्री चो फ्रान्स जानेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

हर्मुज स्ट्रेटमा सेना पठाउने विषयमा दक्षिण कोरियाको प्रतिक्रिया– ‘अहिलेसम्म कुनै निर्णय भएको छैन’

मेलोनीले बनाइन् दोस्रो विश्वयुद्धपछिको इटालीमा सबैभन्दा लामो सरकारको रेकर्ड

ईयू पनि अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’मा, इरानमाथि आर्थिक दबाब थपिँदै

इन्डोनेसियामा डढेलोको धुवाँले १४ लाख विद्यार्थी घरमै पढ्न बाध्य

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

अमेरिकी आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu