ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलोनीले बनाइन् दोस्रो विश्वयुद्धपछिको इटालीमा सबैभन्दा लामो सरकारको रेकर्ड


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ९ : ४५   बजे

 

काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाएकी छन्।

इटालियन समाचार एजेन्सी ‘अन्सा’का अनुसार मेलोनीले शुक्रबार सरकारको नेतृत्व गरेको १ हजार ४१३ दिन पूरा गर्दै यसअघिको रेकर्ड तोडेकी हुन्।

मेलोनीले सन् २०२२ अक्टोबर २२ मा इटालीको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी थिइन्। यसअघि सन् २००१ जुन ११ देखि २००५ अप्रिल २३ सम्म १ हजार ४१२ दिन सरकारको नेतृत्व गरेका सिल्भियो बर्लुस्कोनीको दोस्रो सरकार सबैभन्दा लामो समय टिकेको सरकार थियो।

मेलोनीले शुक्रबार उक्त रेकर्ड तोडेकी हुन्।

दक्षिणपन्थी प्रभाव रहेको बारी सहरमा शुक्रबार मेलोनीको सरकारको यो उपलब्धिको उत्सव मनाइने भएको छ। ‘इल सोले २४ ओरे’का अनुसार कार्यक्रममा हजारौँ मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै बारीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

मेलोनीको पार्टी **‘ब्रदर्स अफ इटली’**ले उनको झन्डै चार वर्षको कार्यकालका तस्बिर तथा उपलब्धि समेटिएको उत्सवमूलक भिडियोसमेत सार्वजनिक गरेको छ।

भिडियोमा ‘सबैभन्दा स्थिर सरकार, सबैभन्दा बलियो इटाली’ भन्ने नारा राखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रसंघले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

सम्बन्धित

ईयू पनि अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’मा, इरानमाथि आर्थिक दबाब थपिँदै

इन्डोनेसियामा डढेलोको धुवाँले १४ लाख विद्यार्थी घरमै पढ्न बाध्य

गंगाको जलस्तर बढ्ने चेतावनीपछि बिहारका आठ जिल्लामा सतर्कता

अमेरिकी आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएको दाबी

भारतको ७.८ प्रतिशत जीडीपी वृद्धिमा प्रश्न, तथ्यांक अतिरञ्जित भएको आशंका

साउदी ट्यांकरमाथि इरानी आक्रमण भएको साउदीको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu