ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्जीवन बिमा व्यवसाय २३ प्रतिशत बढ्यो, भोटेकोसी बाढीले थप्यो २५ अर्बको जोखिम


ABC NEWS
२० भदौ २०८३, शनिबार   २ : २५   बजे

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढेको छ। तर, व्यवसाय विस्तारसँगै भदौमा आएको भोटेकोसी बाढीले बिमा कम्पनीहरूमा एकैपटक ठूलो दाबी दायित्व थपेपछि निर्जीवन बिमा बजारमा व्यवसाय वृद्धिभन्दा जोखिम व्यवस्थापन मुख्य चुनौती बन्ने देखिएको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनमा निर्जीवन बिमा कम्पनीहरूले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीहरूले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बिमाशुल्क उठाएका थिए।

एक वर्षमा निर्जीवन बिमा व्यवसाय करिब एक अर्ब रुपैयाँले बढेको हो।

तर, साउनपछि आएको भोटेकोसी बाढीबाट मात्रै करिब २५ अर्ब ८७ करोड रुपैयाँको प्रारम्भिक बिमा दाबी परेको छ। यो रकम साउनमा कम्पनीहरूले सङ्कलन गरेको कुल बिमाशुल्कको तुलनामा कैयौँ गुणा बढी हो। यसले प्राकृतिक विपद्का कारण बिमा कम्पनीहरूले व्यहोर्नुपर्ने जोखिम र व्यवसाय वृद्धिबीचको अन्तरलाई उजागर गरेको छ।

नेपालमा अहिले १४ वटा ठूला र चारवटा लघु निर्जीवन बिमा कम्पनी गरी १८ वटा कम्पनी सञ्चालनमा छन्।

हिमालयन एभरेस्टको बिमाशुल्क सर्वाधिक

साउनमा सबैभन्दा धेरै बिमाशुल्क सङ्कलन गर्ने कम्पनीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ। कम्पनीले ५६ करोड २५ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५५ करोड ३२ लाख र एनएलजी इन्स्योरेन्सले ५३ करोड ४६ लाख रुपैयाँ सङ्कलन गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।

यस्तै, शिखर इन्स्योरेन्सले ५१ करोड २० लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४६ करोड ७६ लाख, आईजीआई प्रुडेन्सियलले ४४ करोड ७१ लाख र दि ओरियन्टल इन्स्योरेन्सले ४४ करोड ३७ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।

नेको इन्स्योरेन्सले ३८ करोड ८ लाख, युनाइटेड अजोडले ३३ करोड २३ लाख, नेशनल इन्स्योरेन्सले २७ करोड २ लाख र नेपाल इन्स्योरेन्सले २५ करोड २७ लाख रुपैयाँ बिमाशुल्क उठाएका छन्।

सानिमा जीआईसीले २४ करोड ३ लाख, राष्ट्रिय बिमा कम्पनीले १९ करोड २ लाख र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।

लघु निर्जीवन बिमातर्फ प्रोटेक्टिभ माइक्रोले २ करोड २६ लाख, नेपाल माइक्रोले १ करोड ७८ लाख, स्टार माइक्रोले १ करोड ७६ लाख र ट्रस्ट माइक्रोले १ करोड ४९ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेका छन्।

सम्पत्ति र मोटर बिमामा बढी निर्भरता

निर्जीवन बिमा व्यवसायमा सम्पत्ति र मोटर बिमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।

साउनमा सम्पत्ति बिमाबाट १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ र मोटर बिमाबाट १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन भएको छ। कुल व्यवसायमा सम्पत्ति बिमाको हिस्सा ३०.७६ प्रतिशत र मोटर बिमाको हिस्सा २२.६४ प्रतिशत छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमाबाट ७५ करोड ८७ लाख रुपैयाँ सङ्कलन भएको छ। यो कुल व्यवसायको १४.०५ प्रतिशत हो।

यसैगरी, विविध बिमाबाट ५९ करोड ६९ लाख, सामुद्रिक बिमाबाट ४२ करोड ९१ लाख, स्वास्थ्य बिमाबाट ३२ करोड ३२ लाख, कृषि तथा बाली बिमाबाट १९ करोड २२ लाख र हवाई बिमाबाट १३ करोड ४४ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन भएको छ।

लघु बिमाबाट ७ करोड ३२ लाख र दायित्व बिमाबाट १ करोड २९ लाख रुपैयाँ बिमाशुल्क उठेको छ।

बागमतीमै केन्द्रित ७० प्रतिशत कारोबार

निर्जीवन बिमा व्यवसाय प्रदेशगत रूपमा समेत असमान देखिएको छ। साउनमा बागमती प्रदेशबाट मात्रै ३ अर्ब ८० करोड ६६ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन भएको छ। यो कुल व्यवसायको करिब ७० प्रतिशत हो।

त्यसको तुलनामा कर्णाली प्रदेशबाट जम्मा ३ करोड ९८ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन भएको छ।

यसले निर्जीवन बिमाको पहुँच अझै सहरी क्षेत्र तथा सीमित प्रदेशमा केन्द्रित रहेको देखाउँछ।

व्यवसाय बढेसँगै जोखिम पनि बढ्दै

साउनको तथ्याङ्कले निर्जीवन बिमा व्यवसायले आर्थिक वर्षको सुरुवात सकारात्मक रूपमा गरेको देखाए पनि भदौमा आएको भोटेकोसी बाढीले आगामी महिनाको व्यवसाय र वित्तीय अवस्थामाथि दबाब बढाउने देखिएको छ।

विशेषगरी दाबी भुक्तानी, पुनर्बिमा र कम्पनीहरूको वित्तीय दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्नेछ।

बिमाविज्ञ डा. रविन्द्र घिमिरेका अनुसार निर्जीवन बिमा व्यवसाय २३ प्रतिशतले बढ्नु सकारात्मक संकेत भए पनि यसलाई मात्र बिमा क्षेत्रको मजबुतीको सूचक मान्न नहुने अवस्था छ।

प्राकृतिक विपद्, जलविद्युत् तथा पूर्वाधारमा बढ्दो जोखिमका कारण कम्पनीहरूको दाबी दायित्व तीव्र रूपमा बढ्न सक्ने भएकाले जोखिमको सही मूल्याङ्कन र पर्याप्त पुनर्बिमा सुरक्षा अहिलेको प्रमुख आवश्यकता भएको उहाँको भनाइ छ।

साउनमा ५ अर्ब ४० करोड रुपैयाँ बिमाशुल्क सङ्कलन भएको अवस्थामा भोटेकोसी बाढीबाट मात्रै करिब २५ अर्ब ८७ करोड रुपैयाँको प्रारम्भिक दाबी पर्नुले नेपालमा बिमा व्यवसायको वृद्धि र जोखिमबीच ठूलो असन्तुलन रहेको संकेत गर्ने घिमिरे बताउँछन्।

यसकारण आगामी महिनामा निर्जीवन बिमा कम्पनीहरूको वास्तविक अवस्था नयाँ व्यवसायको वृद्धिभन्दा दाबी व्यवस्थापन, पुनर्बिमा क्षमता र प्राकृतिक विपद्बाट उत्पन्न वित्तीय जोखिम नियन्त्रण ले निर्धारण गर्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा सडक खोल्ने काम अन्तिम चरणमा, शनिबार साँझसम्म सञ्चालन गर्ने तयारी

बाढीले पुरिएको घरबाट ११ दिनपछि ६० वर्षीया महिलाको जीवित उद्धार

सम्बन्धित

भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्बभन्दा बढी मौज्दात

भोटेकोसी बाढीको क्षति २.५६ अर्ब डलर, २० हजार घर पुनर्निर्माण गर्नुपर्ने

भोटेकोशी बाढीपीडितका लागि राष्ट्रसङ्घद्वारा ४ करोड ९६ लाख डलर सहयोगको अपिल

कृष्णभिर सडक अवरुद्ध भएपछि ग्यास आपूर्ति सहज बनाउन उद्योगी सक्रिय

विदेशी भुक्तानी प्रदायकलाई नेपाल भित्र्याउन कानुनी बाटो खुलाउँदै सरकार

प्रधानमन्त्री उद्धार कोषमा १० दिनमा जम्मा भयो साढे ९ अर्ब, पुरानो हिसाब खै ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu