काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’मा दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै नापोलीविरुद्ध ३–२ को रोमाञ्चक पुनरगमन जित निकालेको छ ।
शनिबार सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन कप्तान लाउटारो मार्टिनेजले दुई र मार्कस थुर्रमले एक गोल गरे । नापोलीका माटेओ पोलिटानो र रास्मस होजलन्डले एक–एक गोल गरे ।
पहिलो गोलरहित बराबरीमा सकिएको खेलको ५०औँ मिनेटमा पोलिटानोको गोलमार्फत नापोलीले अग्रता लिएको थियो । तीन मिनेटपछि नै होजलन्डले टोलीको अग्रता दोब्बर बनाए ।
मार्टिनेजले ५६औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८२औँ मिनेटमा थुर्रमले इन्टरका लागि बराबरी गोल फर्काए ।
इन्जुरी टाइममा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित नापोली समान खेलबाट तीन अंकका साथ १०औँ स्थानमा छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्