ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ११ : ५५   बजे

काठमाडौं । एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपालसामु १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदीले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनाएको हो।

साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। यस्तै, मोहम्मद अतिफले ३०, मोहम्मद हसिम शेखले २८ तथा जैनुल अबिदिनले १२ रनको योगदान दिए।

दोस्रो विकेटका लागि वाहिद र अतिफबीच ९४ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा शेर मल्ल र गुल्सनकुमार झाले एक–एक विकेट हात पारे।

अब नेपालले १९१ रनको लक्ष्य पछ्याउनेछ। नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो।

यता, प्रतियोगितामा आफ्नो चौथो खेल खेलिरहेको साउदी पनि सुखद अन्त्यको खोजीमा छ। हङकङ र मलेसियासँग पराजित भएको साउदीले बहराइनलाई भने हराएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

इन्टरको पुनरागमन जितमा मार्टिनेजको दुई गोल

साउदीविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu