ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘ए’ अस्ट्रेलिया भ्रमणमा जितविहीन, न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित


ABC NEWS
२१ भदौ २०८३, आइतबार   २ : ३५   बजे

काठमाडौं । नेपाल ‘ए’ले अस्ट्रेलियामा भएको एकदिवसीय अभ्यास शृंखला जितविहीन हुँदै टुंग्याएको छ।

आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित भएको हो। यसअघि नेपाल तास्मानिया र साउथ अस्ट्रेलियासँग पनि पराजित भएको थियो।

नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले एक बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्‍यो।

न्युजिल्यान्डको जितमा रिस मरियुले उत्कृष्ट ब्याटिङ गर्दै १३७ रन बनाए। उनले १३४ बलमा १६ चौका र तीन छक्का प्रहार गरे। यस्तै, म्याट फिशरले अविजित २३, मोहम्मद अब्बासले २१ तथा म्याथ्यु बोयलले ११ रन जोडे।

नेपालका लागि युवराज खत्री, रिजन ढकाल र साहब आलमले समान दुई–दुई विकेट लिए। विपिन खत्री र पवन सराफले एक–एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको थियो।

नेपालका लागि पवन सराफले सर्वाधिक ६१ रन बनाए। उनले ९२ बलमा ६ चौका प्रहार गरे। लोकेश बमले ४७, कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० तथा विपिन खत्रीले १२ रनको योगदान दिए।

न्युजिल्यान्ड ‘ए’का म्याट फिशरले सर्वाधिक चार विकेट लिए। क्रिस्टियन क्लार्क र आदित्य अशोकले दुई–दुई तथा जेक गिब्सन र मोहम्मद अब्बासले एक–एक विकेट लिए।

यससँगै नेपाल ‘ए’ले अस्ट्रेलिया भ्रमणमा खेलेका तीनवटै अभ्यास खेलमा हार व्यहोर्दै शृंखला समाप्त गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन–शेखर भेटवार्ता, कांग्रेस एकतामा जोड

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, दुईजनाको मृत्यु

सम्बन्धित

साउदीलाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

‘हिमालयन चितुवा’ अविरल घिमिरे विश्व च्याम्पियन

काभा बिच भलिबल : भावना–सुनिताको जोडी फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको लक्ष्य

नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’ लाई दियो २१२ रनको लक्ष्य

अल इत्तिहादसँग अल नासर पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu