ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित, काठमाडौँ रेड्स ३–० ले पराजित


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ४ : ५५   बजे

 

काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो।

अन्नपूर्णले काठमाडौँलाई पहिलो सेटमा २५–२३, दोस्रोमा २८–२६ र तेस्रो सेटमा २५–२३ ले हरायो।

अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो। दोस्रो खेलमा भने टोलीले उत्कृष्ट पुनरागमन गर्दै काठमाडौँमाथि सोझो सेटमा जित निकाल्यो।

काठमाडौँ रेड्सले भने प्रतियोगितामा पहिलो हार व्यहोरेको छ। काठमाडौँले आफ्नो पहिलो खेलमा मधेश वारियर्सलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको थियो।

कर्णालीको लगातार दोस्रो जित

आइतबारकै दोस्रो खेलमा कर्णाली शिवराजले लगातार दोस्रो जित हात पारेको छ।

कर्णालीले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। कर्णालीले तीनै सेट समान २५–१९ ले आफ्नो पक्षमा पार्‍यो।

कर्णालीको जितमा अलिरेजा अबालुचले प्रभावशाली प्रदर्शन गरे। उनी खेलको म्यान अफ द म्याच चुनिए।

कर्णालीले यसअघि पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सलाई ३–१ ले हराएको थियो। लगातार दुई खेल जित्दै कर्णालीले प्रतियोगितामा आफ्नो बलियो सुरुवात कायम राखेको छ।

खप्तड फाल्कन्स भने लगातार दोस्रो खेलमा पराजित भएको छ। पहिलो खेलमा खप्तड सगरमाथा स्म्यासर्ससँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

सोमबार दुई खेल

प्रतियोगिताअन्तर्गत सोमबार मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

अर्को खेलमा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज आमनेसामने हुनेछन्।

प्रतियोगितामा सहभागी टोलीहरूबीचको प्रतिस्पर्धा लिग चरणमा क्रमशः रोमाञ्चक बन्दै गएको छ।

६ टोलीबीच प्रतिस्पर्धा

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गरेको नेपाल भलिबल लिगमा ६ पुरुष टोली सहभागी छन्।

सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।

त्यस्तै, दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जुन नेपाली भलिबलको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले मात्रै २० लाख रुपैयाँ प्राप्त गर्नेछ।

नेपाल भलिबल लिगको फाइनल भदौ २७ गते हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी

ताप्लेजुङमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

सम्बन्धित

आर्सनलको रोमाञ्चक जित

बार्सिलोनाको विजयी यात्रा कायमै

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

सगेन्द्र सिंह बने छैटौँ मिस्टर काठमाडौं

एनभीएल : कर्णाली सोझो सेटमा विजयी

एनभीएलमा अन्नपूर्ण स्पाइकर किंग्सको पहिलो जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu