काठमाडौँ । सिंहदरबारस्थित सङ्घीय संसद् भवनपरिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभयो । त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो । “हामीले जे कसम खाएका छौँ । त्यसलाई पूरा गर्छौं,” उहाँले भन्नुभयो ।
गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।गत फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो ।
यही भदौ १८ गतेको मन्त्रीपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते नेपाल मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्