गोरखा। थेराङखोलामा आएको बाढीले पुलहरू बगाएपछि गोरखाको चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने मनास्लु तथा लार्केपास पदमार्गमा पदयात्रा अनिश्चितकालका लागि रोकिएको छ ।
आइतबार आएको बाढीले दुई वडा जोड्ने फलामे पुल र बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै मनास्लु वा लार्केपास पदमार्गको यात्राको तयारीमा रहेका तथा यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न आग्रह गरेको छ ।
पुल तथा पदमार्गमा भएको क्षतिको अवस्थाबारे अध्ययन गरी सुरक्षित रूपमा यात्रा सञ्चालन गर्न सकिने अवस्था भएपछि मात्रै अर्को सूचना जारी गरिने प्रशासनले जनाएको छ ।
हेर्नुहोस् सूचना

Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्