ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकस्मिक विपद् सामना गर्न के गर्दै छन् कास्कीका पालिका ?


ABC NEWS
२२ भदौ २०८३, सोमबार   ८ : ५५   बजे

पोखरा/भोटेकोशीमा आएको बाढीले प्रलय मच्याएपछि नेपाली अहिले त्रसित छन् । नेपाल चीन सीमा क्षेत्रको हिमनदी फुटेर आएको बाढीको पूर्वसूचना पाउन नसक्दा हजारौं बेपत्ता भएका छन् भने एक हजार ३ सय जनाको शव फेला परिसकेको छ ।

यसपालि कास्कीको अन्नपूर्ण गाउँपालिकामा समेत मोदी नदीले पूर्वाधारमा ठूलो क्षति पु¥यायो । पूर्व सूचनाकै कारण उक्त स्थानमा मानवीय क्षति हुन पाएन । कास्कीका ५ वटै पालिकाले मनसुनजन्य विपद्का लागि बजेट विनियोजनसँगै पूर्वतयारी समेत गर्ने गरेको छ ।

बर्सेनि मनसुनजन्य विपद्का घटनाको पूर्वतयारी तथा प्रतिकार्य गर्न जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाभित्र रहेका पालिकाका प्रतिनिधिलाई समेत समेटेर बैठक आयोजना छ । सो बैठकले जिल्लाका जोखिमयुक्त क्षेत्र पहिचान गरी सोही अनुसारको योजना बनाउँछन् ।

विपद् सम्भाव्य ठाउँहरुलाई जोखिम, उच्च जोखिम र अति उच्च जोखिम क्षेत्रमा वर्गीकरण गरिन्छ । यस पटक अन्नपूर्ण गाउँपालिकाका उच्च जोखिममा रहेका क्षेत्रमा अति उच्च जोखिममा रहेका स्थानमा भन्दा बढी क्षति भयो । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले विपद् र वातावरणसम्बन्धी कामका लागि ५० लाख विनियोजन भएको जानकारी दिए ।

क्षतिपश्चात पालिकाले राहतका सहयोगका लागि आह्वान नै गरी आर्थिक संकलन गरेको छ । पालिकालाई हालसम्म ४८ लाख रुपैयाँ सहयोग सहायता जुटेको छ । बाढीपछि वीरेठाँटीदेखि उल्लेरीसम्म सडक सञ्जाल पूर्ण रुपमा टुट्यो । अहिले खोलाको धार फर्काउने र किनारमा तारजाली (ग्याबिन) भर्ने काम चलिरहेको छ ।

उक्त स्थानको पूर्वाधार निर्माणका लागि करोडौं रुपैयाँ लाग्ने देखिन्छ । संघ र प्रदेश सरकारको सहयोग विना उक्त स्थानमा अब सडक निर्माण सम्भव नरहेको गुरुङ सुनाउँछन् । पालिका विपद्जन्य घटनाको प्रतिकार्यका लागि तयारीमा रहे पनि यस पटक सोचेकोभन्दा फरक अवस्था आएको उल्लेख गर्छन् ।

‘कास्की जिल्लाको विपद् पूर्वतयारी बैठकबाट जोखिम पहिचान भएको थियो तर, यसपटक सोचेभन्दा फरक भयो’, उनले भने, ‘हामीले बर्खाको समयमा विशेष गरी बेलुका ९ बजेपछि र बिहान ५ बजेपछि मात्र्र ग्रामीण सडकहरूमा यात्रा गर्न अनुरोध गर्दै आएका छौं ।’ पालिकाले विपद् उद्धारका लागि आवश्यक पर्ने सामाग्रीसमेत खरिद गरी राखेको छ । अन्नपूर्ण भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा ३ लाख पठाउने निर्णय लिएको छ ।

माछापुच्छे« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले पालिकामा पहिरोको जोखिम धेरै रहेको सुनाए । उनले पालिकाको विपद् राहत कोषमा ५५ लाख रुपैयाँ रहेको र वडाहरुमा नागरिकलाई विपद्बारे प्रशिक्षण पनि दिइएको जनाए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख ५२ हजार ६ सय ८० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । ‘विपद्का लागि चाहिने सामग्री हामीले खरिद गरेरै राखेका छौं । भईपरिआएमा हामी पूर्व तयारी गरिरहेका छौं । तर, प्रकृतिक प्रकोपबारे हामी यसै भन्न पनि सक्दैनौं’, उनले भने ।

मादी गाउँपालिकाका प्रवक्ता देवीजंग गुरुङले पालिकाले मादीमा हुने विपद्जन्य घटनाको प्रतिकार्यका लागि सीमित स्रोत, साधनका बाबजुद एक करोडभन्दा बढी रकम विनियोजन गरेको जानकारी गराए ।

‘हामी निर्वाचित भएर आएपछि पहिलो निर्णय नै एक महिनाको जनप्रतिनिधिको तलब विपद् कोषमा राख्ने निर्णय गरेका थियौं । त्योबाहेक हरेक वडामा विपद्जन्य घटनाको खोजदेखि उद्धारसम्मका प्रशिक्षण नागरिकलाई प्रदान गरेका छौं’, उनले भने । रसुवा बाढीका लागि प्रधानमन्त्री राहत कोषमा कर्मचारी र जनप्रतिनिधिको तलब गरी १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।

पालिकामा गोर्खा वेल्फेयरको समन्वयमा विपद्जन्य घटनाको उद्धारबारे प्रशिक्षणसमेत भएको छ । वडा स्तरमा पालिकाले विपद व्यवस्थापन समिति बनाएको छ । मादीलाई डर भनेको मादी खोलाको हो । यो खोलाले मादीका पाँच वडामा क्षति गर्न सक्ने भन्दै उच्च सतर्कतासमेत अपनाउने गरिन्छ ।

मादीले वडा नम्बर १ स्वदाँ, वडा ५ स्थित भैंसे क्षेत्र, वटा ९ को रामबजार, १० को थम्सीकोटसँगै वडा १२ का केही स्थानमा असर गर्ने जोखिम छ । मादी गाउँपालिकामा कपुचे हिमताल छ । त्यो फुट्ने तत्काल संभावना भने नरहेको अध्यक्ष गुरुङ सुनाउँछन् ।

यसपालिको वर्षाले मादी १ मा बन्दै गरेको अपर जिरो मादी हाइड्रोमा क्षति ग¥यो । बाढीले मेसिनरी सामानहरू बगाएको छ । मादी १ को सिक्लेस जाने बाटोमा पहिरो भएको छ भने ताङतिङ जाने सडकमा समेत पहिरोले तीन, चार पटक खसिसकेको छ ।

पोखरा महानगरपालिका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले विपद्का लागि ३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । महानगरले विपद्जन्य घटनाको तयारीका लागि विपद् व्यवस्थापन ऐन नै बनाएको छ । ऐनपछि विपद् व्यवस्थापन कार्यविधिसमेत बनेको छ । महानगरमा नगरप्रमुखको संयोजकत्वमा विपद् व्यवस्थापन तथा कोष समिति छ । जसले राहत दिनेदेखि अन्य व्यवस्थाको नेतृत्व गर्दै आएको छ ।

रुपा गाउँपालिकाका सूचना अधिकारी लोकनाथ पौडेलले पालिकाले विपद् पूर्वतयारीका लागि लोडर, एम्बुलेन्ससँगै प्रत्येक वडामा चाहिने विपद् कार्यका सामाग्री वितरणसमेत गरेको छ ।

वार्षिक विपद् प्रतिकार्य योजना बनाई ३० भन्दा बढी युवालाई सशस्त्र प्रहरीको सहायतामा यसबारे तालिम पनि दिइएको छ । प्रत्येक वडामा विपद्सँग सम्बन्धित आपतकालीन उद्धार टिम तयार रहनुका साथै प्रभावकारी स्थानमा सूचना प्रदान गर्ने प्रणाली विकास गरेको छ । जहाँ मानिसको बढी आवतजावत हुन्छ; उक्त स्थानमा सूचना दिने तरिकाले पालिकाले काम गरिरहेको छ । भोटेकोशी बाडीपछि रूपाले कर्मचारी र जनप्रतिनिधिको मासिक सुविधाको १० प्रतिशत कोषमा दिने निर्णय गरेको छ ।

विपद् आई पर्दा जिल्ला प्रशासन कार्यालयले उद्धार, राहतको नेतृत्व र आवश्यक समन्वय गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी चित्राङ्गत बरालले अहिले जिल्लाको विपद् व्यवस्थापन समिति निकै चुस्त रहेको सुनाए । पालिकामा मानवीय क्षति हुन नदिने गरी काम गरिरहेको र पालिकाहरुसँग नियमित समन्वय र सूचनाको क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ ।

जिल्ला विपद् प्रतिकार्य योजनाका लागि संघ सरकारको २५ लाख र प्रदेश सरकारको १० लाख रुपैयाँ बजेट प्रशासनसँग रहेको उनी सुनाउँन् । ‘विपद्को समयमा सबैभन्दा ठूलो प्रतिकार्य भनेकै पूर्वसूचना हो । हामीले अहिले त्यसैमा काम गर्ने प्रयास गरिरहेका छौं । जिल्ला विपद् पूर्व प्रतिकार्य योजना बनाएरै काम गरिरहेका छौं’, उनले भने, ‘जिल्लामा काही केही भई हालेमा तत्काल उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा छ ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपीडितलाई विदुरले १० हजार कोठा भाडा दिने

अबको तीन दिन पनि भारी वर्षाको सम्भावना, दुई सातासम्म पानी पर्ने संकेत

सम्बन्धित

अबको तीन दिन पनि भारी वर्षाको सम्भावना, दुई सातासम्म पानी पर्ने संकेत

लाङटाङ लिरुङदेखि भोटेकोसीसम्म : एउटा चट्टान टुक्रिँदा कसरी बन्यो महाविपत्ति?

आज देशभर वर्षाको सम्भावना, कोसी र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

विपद्मा नेपाल स्काउटको सक्रियता : एकताबद्ध भएर उद्धार, राहत र पुनर्स्थापनामा स्वयंसेवक

विपद् प्रतिकार्यका लागि नेकपाको २४ बुँदे प्रस्ताव

वैज्ञानिक निष्कर्ष : ‘हिमाल पग्लियो, नदीको धार फेरियो, अब विकासको मोडल बदल्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu