ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस बैठक : तत्काल महाधिवेशन माग गर्दै ६ नेताबाट संयुक्त दस्तावेज पेश


admin
११ बैशाख २०७५, मंगलबार   ६ : ४८   बजे


काठमाडौं, ११ वैशाख ।
नेपाली कांग्रेसका ६ युवा नेताले शीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तवेज पेश गरेका छन् ।

पाँच वर्षमा पार्टीलाई पहिलो पार्टी बनाउन तत्काल महासमिति बैठक बोलाएर ‘शीघ्र महाधिवेशन’ तयारी गर्नुपर्ने भन्दै केन्द्रिय कार्यसमिति बैठकमा युवा नेताहरुले दस्तावेज पेश गरेका हुन् ।

नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै उनीहरुले महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने माग गरेका छन् ।

पार्टी नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको टिप्पणी गरेका छन् ।

युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेललगायतले संयुक्त दस्तावेज पेश गरेका हुन् । काग्रेस नेता भण्डारीले महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्ने लगाएका बिषय समेटिएको प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो ।

काग्रेस कार्यसमितिको मंगलबारको बैठकमा आधा दर्जन केन्द्रिय सदस्यले निर्वाचनको परिणामलाई लिएर धारणा राखेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाले बुधबार सबै केन्द्रिय सदस्यले धारणा राख्ने क्रम सकिने र निष्कर्षका पुराउने जानकारी दिनुभयो ।

बैठकमा संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पक्षबीच निर्वाचनको परिणामलाई लिएर आरोप प्रत्यारोप भएपछि बाहिर आएजस्तो विवाद नभएको प्रवक्ता शर्माले बताउनुभयो ।

निर्वाचनको समीक्षा गर्न बैठक गत चैत ९ गते शुरु भएको हो । चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक आईतबारबाट पुनः शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group