ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो


एबीसी न्यूज
१६ बैशाख २०७५, आइतबार   १ : ३३   बजे

तेह्रथुम, १६ वैशाख। जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् ।

ह्यातुङ पनि भनिने तीनसय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ । हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताउनुभयो ।

झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो । “झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन”, उहाँले भन्नुभयोे । दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

झरनाको अवलोकन र भ्रमणका लागि झरनामा पुग्दा पानी पूर्णरुपमा सुकेको देखेपछि आफू चकित परेको फेदाप गाउँपालिका–२, ओयाक्जुङका दीपक थाम्देनले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँबाट साथीहरु आएका थिए, घुमाउन झरनासम्म लिएर पुगेँ, तर पानी नै थिएन ।” झरनाको संरक्षणमा लाग्नुपर्ने स्थानीयवासीले नै अलिअलि भएको पानी पनि कुलोमार्फत सिँचाइका लागि लगेपछि झरना पानीविहीन बनेको उहाँले बताउनुभयो ।

झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँसम्म पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । “अहिलेलाई झरनाबाट आम्दानी केही छैन, त्यसले पनि स्थानीयवासीले झरनाको संरचनामा चासो देखाएका छैनन्”, वडाध्यक्ष चोङ्वाङले भन्नुभयो । उहाँले झरना संरक्षणका लागि स्थानीयवासीमा चेतनाको अभाव रहेको बताउनुभयो ।

झरना आसपास रहेको बस्तीमा होमस्टे सञ्चालनको सम्भावना उच्च छ । त्यसका लागि आवश्यक तालीम, छलफल र होमस्टे सञ्चालनका लागि आवश्यक पूर्व तयारीमा लाग्न छलफल शुरु भएको छ । तर झरनाको संरक्षण हुन नसक्दा हिउँद लागेसँगै क्रमशः झरनामा पानीको मात्रा पूर्णरुपमा सुकेको वडाध्यक्ष चोङ्वाङले बताउनुभयो ।

अधिकार सम्पन्न भनिएको स्थानीय सरकार गठन भएको यतिका महिना बिते पनि फेदाप गाउँपालिकाले झरनाको संरक्षणका लागि ठोस कदम चाल्न सकेको छैन । झरनाको विकासका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरि चोङ्वाङले बताउनुभयो ।

उहाँले भन्नुभयोे, “गाउँपालिकाले पर्यटनतर्फको ठूलो बजेट झरनाका लागि छुट्याएको छ, झरनामा पानी लगाएर भए पनि खसाल्ने र पर्यटक आकर्षित गर्ने योजना छ”, उहाँले भन्नुभयो । स्थानीयवासीमा चेतना अभावका कारण झरनाको रेखदेख र संरक्षणमा ध्यान नपुगेको भन्दै गाउँपालिका अध्यक्ष चोङ्वाङले त्यसका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो ।

गाउँपालिकाले झरनाको विकासका लागि छुट्याएको बजेट खर्च भएको छैन । तर झरना भने पानीविहीन भएको छ । उपभोक्ता समिति गठन गरेर काम गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । झरनामा पानी खसालेर आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ योजना बनिरहेको अध्यक्ष चोङ्वाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Palestinian Families Seek Justice For Victims Of Israeli Settler Violence

Turkey Seeks Interpol Warrant for Israel’s Netanyahu, Accuses Him of ‘Genocide’

Nepal Minister Urges Climate Resilience Preparations Amidst El Niño Concerns

Libyan Rivals Forge New Path Towards Unity After Years of Division

Canada and US Negotiate Trade Deal as Tariff Deadline Approaches

Poland’s Uprising Commemoration Campaign Faces Backlash Over Content Creator Selection

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu