ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा केटाले केटासँगै बिहे गरेपछि…..


एबीसी न्यूज
१७ बैशाख २०७५, सोमबार   ७ : ३२   बजे

धनकुटा,  १७ वैशाख  । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्याउन मुस्किल पर्न सक्छ। तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ।

हुन त समलिंगी विवाहलाई दुवै जनाको सहमत भए कानुनले पनि मान्यता दिएको छ तर, धनकुटामा अनौठो किसिमको समलिंगी विवाह भएको छ। यो घटना धनकुटाको सहिदभूमी गाउँपालिकाको हो। भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर सहिदभूमि गाउँपालिका छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका छन।

ठगी गर्ने मनसायले घटना भएको प्रहरीले बताएको छ। केटी जस्तो बनेर विवाह गरी झुक्याई स्थानीयलाई ठगी गर्न थालेपछि राजकुमारलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन। उनको ठग्ने शैली देखेर स्थानीयसँगै प्रहरी पनि आश्चर्यमा परेको छ। अनुहार हेर्दा युवती जस्तो देखिने ती युवकले नाटकीय शैलीमा ठगी गरेकोे पाईएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार केही समय अघि विपिन बैदेशिक रोजगारीका शिलसिलमा भारतमा भएका बेला फेसबुकमार्फत उनीहरुवीच चिनजान भएको थियो।

राजकुमारले केटी जस्तो बनेर बिपिनसँग सम्बन्ध बिस्तार गरे। बिपिन स्वदेश फिर्किएपछि उनीहरुले भागी मन्दिरमा भागी गरेका हुन। तर, बिबाह गरेर ल्याईएको मान्छे केटा हो भनेर बिपिनले विवाह पश्चात मात्र पत्तो पाए। गाउँलेले थाहा पाउँदा बेईज्जत हुने डरले गुपचुप बसेको बिपिन बताउँछन। आफुहरुवीच आर्थिक लेनदेनको विषय रहेकाले त्यो टुंग्याएपछि छुट्ने तयारी गरेको बिपिनको दावी छ। दुलही बनेर आएका राजकुमार केटीको कपडा लगाएर बस्ने गर्थे।

स्वर पनि केटीको जस्तै बनाएर बोल्ने गरेका थिए। लामो कपाल पालेर केटी जस्तै देखिने उनी छिमेकीहरुसँग पैसा सापटी माग्दै हिड्ने गरेका थिए। तर, भोजपुर स्थित घरबाट खोजि भएपछि उनी केटी नभई केटा हुन् भन्ने कुराको पर्दाफास भएको हो। राजकुमारले अर्कै केटीसँग बिबाह गरी डेढ बर्षको छोरासमेत रहेको पत्ता लागेको प्रहरीले जनाएको छ। राजकुमारले छिन्ताङमा भेष बदलेर ठगी गर्दै हिडेको थाहा पाएपछि पक्राउ गरी प्रहरीमा बुझाईएको स्थानीय भरतसिंह राईले बताए।

स्थानीय भरतसिंहले दिएको जानकारी अनुसार दुलही बनेर आएका उनले धेरै स्थानीयसँग पैसा सापटी मागेर लगेका छन। तर, कसैको पनि सापटी रकम फर्काईएको छैन। सापटी माग्दै रकम कुम्ल्याएर भाग्न खोजेको स्थानीयको आरोप छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाको बिषयमा अनुसन्धान भईरहेको धनकुटाका प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए। उनका अनुसार समलिंगी विवाहले कानुनी मान्यता पाइएकाले सो विषयमा कारबाही गर्न नसकिने र ठगीको विषय सार्वजनिक अपराध ऐन मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Exports Nearly Rs 100 Million Worth Of Vegetables Through Kakadbhitta

Rastriya Swatantra Party Announces Central Committee Appointments

Bolivian President Fires Economy Minister Amid Ongoing Unrest

Trump Temporarily Waives Beef Tariffs in Bid to Lower Prices

Navy Considers Renaming Aircraft Carrier Honoring Black WWII Hero

Palestinian Families Seek Justice For Victims Of Israeli Settler Violence

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu