ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रमणबाट घाइते मेयरको घरमा तोडफोड


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ४ : ४५   बजे

 

भक्तपुर,२२ वैशाख । मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ ।
गएको ८ गते शनिवार उहाँकै घरमा केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका श्रेष्ठको घरमा शनिबार राति तोडफोड गरिएको हो ।

त्यही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाको बारेमा जानकारी दिँदै भन्नुभयो, ‘सीसी क्यामराको दृश्य हेर्दा राति दुई जनाको समूहमा आएका व्यक्तिले मेयर साबको घरको मूल ढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।’

नेपाल कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएको नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘घरमा तोडफोड भयो भन्ने सुने, म माथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राउ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो रे ,

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले मेयरमाथिको आक्रमणसँग तोडफोडको घट्ना जोडिएको नपाइएको बताउनुभयो ।

तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उहाँले घटनाबारे अनुसन्धान सुरु गरेको बताउनुभयो । त्यसैगरी, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी मध्यपुर थिमि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणविरुद्ध १५१ सदस्य रहेको सामूहिक नेतृत्व संघर्ष समिति गठन गरेको छ ।

मध्यपुरथिमिमा शनिबार भएको स्थानीयहरुको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दवाव दिन, मेयरको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका सदस्य नविन प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Drug Abuse Rising Among Youth in Nepal’s Madhes Province

Colombia, Venezuela, Slovenia Signal Shift in Foreign Policy Towards Israel

Aisha Wahab Wins Special Election Despite Pro-Israel Spending Surge

India Supreme Court Orders Enhanced Protection for Wild Elephants

Humla District Fixes Apple Prices for Upcoming Harvest Season

विश्वकप फाइनलको झडपपछि अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, पारेडेसलाई १० खेल प्रतिबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu