ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैद्यनाथ क्षेत्रको विकास सरकारको मुख्य प्राथमिकतामा : रक्षामन्त्री ईश्वर पोखरेल


एबीसी न्यूज
२२ बैशाख २०७५, शनिबार   ८ : ३३   बजे


अछाम, २२ बैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले वैद्यनाथ क्षेत्रको विकास सरकारको मख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । वैद्यनाथ क्षेत्रमा आयोजित वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवको उदघाटन गर्दै रक्षामन्त्री पोखरेलले नेपालका चार धाममध्येक एक धाम वैद्यनाथ धाम पनि भएकाले यसको विकास आवश्यक रहेको बताउनुभएको छ । उहाँले वैद्यनाथ क्षेत्रको विकासको लागि ठोस योजना बनाउन आग्रह गर्नुभयो उहाँले यसको विकासको लागि केन्द्र सरकारले पनि पहल गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा वैद्यनाथ क्षेत्रका विकासको लागि २० लाख रुपैया विनियोजित गरिसकेको बताउनुभयो । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व वोकेको क्षेत्र वैद्यनाथ क्षेत्रको विकासको लागि सरकारले कुनै कसर वाँकी नराख्ने पनि बताउनुभयो ।

यस्तै महोत्सव उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उप्रधानमन्त्री भीम रावलले वैद्यनाथ धामको धार्मिक तथा ऐतिहासिक महत्वको प्रवर्द्धन हुन नसकेको बताउनुभएको छ । बराहक्षेत्र, पाशुपत क्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले वैद्यनाथ धाम अझै स्तरोन्नती हुने क्रममा रहेकाले अझै थुप्रै भौतिक संरचना निर्माण हुने क्रममा रहेको जानकारी दिनुभयो । वुढीगंगा नदीको कटान रोक्नको लागि पहल भईरहेको जानकारी गराउनुभयो । वैद्यनाथ धामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व वोकेको क्षेत्र भएका कारण यस संरक्षण तथा प्रवर्द्धनको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महोत्सव उदघाटन कार्यक्रम वोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैद्यनाथ क्षेत्रको विकासलाई सरकारले योजना बनाएको बताउनुभएको छ । वैद्यनाथलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्दै आन्तरिक तथा वाह्रय पर्यटकहरुको आगमन गरेर स्वरोजगारका कार्यक्रमहरु सृजना गर्न सकिने समेत बताउनुभयो । उहाँले वैद्यनाथ क्षेत्रसँगै यस जिल्लाका पर्यटकियस्थल खप्तड, रामारोशनको विकासको लागि सरकारले पहल गर्ने बताउनुभएको छ । मन्त्री अधिकारीले जेठ १२ गते साँफेवगरस्थित एरपोर्ट सञ्चलानमा ल्याउने दावि समेत गर्नुभयो । सरकारको १०० दिनभित्रको उपलब्धिक अन्र्तगत साँफेवगर एरपोर्ट सञ्चालन हुने बताउनुभयो ।
वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सव मुल आयोजक समितिका अध्यक्ष हर्कबहादुर कुँवर गोविन्दको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री ईश्वर पोखरेल रहनुभएको थियो । यस्तै विशिष्ट अतिथि पूर्वउप्रधानमन्त्री भीम रावल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी रहनुभएको थियो ।

महोत्सवमा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रतिनिधि सभा क्षेत्र नं।२ का सांसद यज्ञ वोगटी, प्रदेश सभा सदस्य मिना साउद, जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवर, १० वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको ,प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर स्वागत मन्तव्य राख्नु भएकोे कार्यक्रमको सञ्चालन वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष डण्डीराज जोशीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group