ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा सरकारको लगानी मात्र पर्याप्त हुँदैन : मन्त्री तामाङ


admin
२४ बैशाख २०७५, सोमबार   ८ : १२   बजे

काठमाडौँ, २४ वैशाख।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कृषिमा सरकारको लगानी मात्र पर्याप्त नहुने बताउनुभएको छ ।

बहुउद्देश्यीय एकीकृत कृषि परियोजना, सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालका युवा स्वदेशभित्रै बसेर कृषिको काम गरे नेपाल आत्मनिर्भर बन्न सक्छ, देशभित्रै उनीहरुका लागि रोजगारीको अवसर प्राप्त हुन सक्छन् ।”

सो अवसरमा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका बीमा संयोजक कुन्दन सापकोटाले कृषि बीमा पशु बीमाभन्दा कठिन भएकाले कृषिसम्बन्धी बीमा उपलब्ध गराउन कठिन भएको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंकका ऋण शाखा प्रमुख दिवाकर वशिष्ठले कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकपछि वाणिज्य बैंकले सबैभन्दा बढी ऋण प्रवाह गरेको जानकारी दिनुभयो ।

सामूहिक खेतीबारे किसान र सम्बन्धित निकायलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजनाका प्रबन्ध निर्देशक विनोदकुमार लामिछानेले बताउनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ स्थित २०७१ सालदेखि शुरु भएको सो परियोजनाको अवधि १५ वर्ष छ । तीस घरधुरी संलग्न रहेको सो परियोजनाले रु १७ करोड पाँच लाख लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group