ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको स्वागतमा कन्जुस्याई नगर्न बाबुरामको सुझाव


एबीसी न्यूज
२७ बैशाख २०७५, बिहिबार   १ : २०   बजे

काठमाडौं , २७ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई दिने नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कुनै कन्जुस्याई गर्न नहुने बताएका छन् । मोदी नेपाल नेपाल आउदा पाहुना हुनहुन उनको स्वागतमा कुनै तुक नराखौं,तर सरकारले भारतसमक्ष राष्ट्रिय हितका कुरा प्रष्टसँग राख्न सक्नु पर्ने बताए ।

संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले रिस उठेको बेला उफ्रने र खुसी भएको बेला आत्मसर्मपण गर्ने शैली गलत भएको बताए । अतिथी देवो भवः भन्ने नेपाली संस्कार नै भएको भन्दै उनले मोदीको स्वागतमा कन्जुस्याई गर्न नहुने बताए ।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,‘ओलीजीले मोदीजीलाई भन्नु पर्‍यो, काठमाडौंको कुर्सीबाट भारतले के चाहन्छ र दिल्लीको कुर्सीबाट नेपालले के चाहन्छ ?’ भट्टराईले भने, ‘दुवै देशको हितमा कुरा हुनु पर्छ ।’ अघि भने, ‘भारत के चाहन्छ, हामी पूरा गछौं । नेपाल के चाहन्छ, तपाई पुरा गर्नुस् । यत्ति भने पुग्छ ।’

प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, ‘पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन् । अब हामीले दुवै देशबाट लाभ लिनुपर्छ ।’ छिमेकी मुलुकसँगको सम्बन्ध सुधार नगरी सम्वृद्ध मुलुक बनाउन नसकिने उनले बताए । त्यसमा भारतसँग विशेष सम्बन्ध रहेको उनले बताए । डा भट्टराईले भारतसँग मात्रै होइन चीन, अमेरिका र अरु ५० औं मुलुकसँग विप्पा सम्झौता गर्न आग्रह गरे । ‘पुजी आयात गरौं, बस्तु निर्यात गरौं,’ भन्दै भट्टराईले छिमेकी मुलुकहरुबाट पुँजी ल्याउन आग्रह गरे ।
गत निर्वाचनमा नयाँ शक्तिले राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेपछि स्वतन्त्र हैसियतमा रहेका बाबुरामले पहिलो पटक सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

हेटौँडा कपडा उद्योगका सबै लुम केही महिनाभित्र सञ्चालनमा ल्याइने मन्त्री यादवको दाबी

गरिमा चौधरी हत्यामा अधिकतम न्याय दिलाउन सरकार प्रतिबद्ध : गृहमन्त्री गुरुङ

सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu