ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बखेडा कहाँ छ, ओलीमा कि प्रचण्डमा ? स्पष्ट भन्नुहोस् – नेता नेपाल


admin
२७ बैशाख २०७५, बिहिबार   ६ : ३१   बजे

बर्दिवास, २७ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ ।

वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।”

अध्यक्ष प्रचण्डले “एकतामा संसय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं” भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताउनुभयो ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले यो वा त्यो तपसिलका कुरा निकालेर एकीकरणमा हुने ढिलाई कार्यकर्तालाई सैह्य नहुने उल्लेख गर्दै बखेडा कहाँ छ ? केपी ओलीमा कि प्रचण्डमा ? स्पष्ट भन्नुहोस् बताउनुभयो ।

“केपी ओलीमा भए खोलेर भन्नुहोस्, हामी ठीक पार्छौं, होइन भने तपाइँमा मनको संसय भए त्यो धेरै केलाएर एकतामा ढिलाइ नगर्नुहोस्,” उहाँले भन्नुभयो ।

नेता नेपालले अहिलेको सरकार चुनौतीका बीच केही गर्नैपर्ने संकल्पका साथ अघि बढेको बताउँदै अब पनि समृद्धि र विकासको रथ अघि नबढे कम्युनिष्ट पनि जनताको नजरबाट गिर्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टी कार्यकर्ता सोहि अनुरुप अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

सम्बन्धित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको राष्ट्रिय एजेन्डा बनाउन माग

रसुवा बाढीको असर सेयरबजारमा : नेप्से ३६ अंकले घट्यो, जलविद्युत् कम्पनीका लगानीकर्ता सबैभन्दा प्रभावित

एक्कासि आयो, सबै बगायो : भोटेकोशी बाढीको स्रोत खोज्दै नेपाल र चीन (भिडियो)

परराष्ट्रमन्त्रीले भोटेकोशी बाढीबारे सदनमा सरकारको जानकारी : भूकम्पपछि चीन सीमाबाट नेपाल पस्यो बाढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu